तनहुंको कोटा गा.वि.स.मा नेपाल मगर संघको समिति गठन

Read Time:2 Minute, 39 Second

के.मगर

   तनहुं  बैशाख,१० मंगलबार । तनहुंको बिकट मानिने कोटा गा.वि.स.मा मंगलबार मगर समुदयको एक भेला सम्पन्न भएको छ । जिल्ला सदस्य खडक बहादुर आले मगरको प्रमुख आतिथ्य र भेला आयोजक समितिका संयोजक गोम बहादुर मगरको सभापतित्वमा सम्पन्न सो भेलाले श्री यम बहादुर थापा मगरको अध्यक्षतामा १५ सदसीय, नेपाल मगर संघ कोटा गाउँ कार्य समिति गठन गरेको छ । उपाध्यक्ष पदमा थम बहादुर झ्यारी मगर, सचिव पदमा बिर बहादुर थापा मगर, सहसचिव पदमा शि.हरि लाल थापा मगर, कोषाध्यक्ष पदमा शि. लाल माया आले मगर रहनु भएका छन ।

 यसै गरि सदस्य हरुमा,  गोम बहादुर थापा मगर, घन बहादुर आले मगर, लाल माया बाचे मगर, तुलीमाया थापा मगर, मिन बहादुर जर्घा मगर, उमराज थापा मगर, टोल माया थापा मगर, र योग माया आले मगर निर्वाचित भएका छन । नवनिर्वाचित पदाधिकारी तथा सदसयहरुलाई जिल्ला सदस्य खडक बहादुर आले मगर ले शपथग्रहण गराउनुका साथै अबिर टिका लगाई बधाई ज्ञापन गरेका थिए । यसै गरि समाजसेवी भिम बहादुर थापा मगरको संयोजकत्वमा सात सदसीय सल्लाहकार समिति पनि गठन गरेका छन ।

अन्य, सदस्यहरमा खम्बसिं राना मगर, कुल बहादुर थापा मगर, भक्त बहादुर थापा मगर, मिन बहादुर राना मगर, घनी माया सारु मगर, र दन कुमार थापा मगर चयन भएका छन ।   

सो, भेलामा कोटा गा.वि.स.को नवै वडाका करिब डेढसय जना मगरहरुको सहभागिता रहेका थिए । तनहुं जिल्लाको ४६वटै गा.वि.स.मा नेपाल मगर संघ पु¥याउने लक्ष्य अनुरुप सो आभियान थालिएका कुरा जिल्ला सदस्य खडक बहादुर आले मगरले जानकारी गराउनु भयो । मगरहरुको राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक र साँस्कृतिक अधिकार प्राप्तिको लागि र अब बन्ने संबिधानमा पहिचन सहितको संघियता र संघियता सहितको संबिधान, ग्यारेन्टीको लागि सो आभियान थाल्न परेको कुरा जिल्ला सदस्य आले मगरले बताएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %