प्रधानन्यायाधीशले राजीनामा दिए जनमुक्ति पार्टी चुनावमा जाने

Read Time:2 Minute, 23 Second

पाल्पा, वैशाख ८- राष्ट्रिय जनमुक्ति पार्टीले वर्तमान चुनावी सरकारका प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए चुनावमा सहभागिता जनाउने निर्णय गरेको छ। पार्टी बैठकले सर्वदलीय सरकार गठन गर्नु उत्तम हुने र त्यो नभए प्रधानान्यायाधीशको राजीनामाले आफूहरु चुनावी प्रकृयामा सहभागी हुने अन्यथा चुनाव बहिस्कारको नीतिमा उत्रने निर्णय गरेको छ।

पाल्पामा दुईदिन चलेको पार्टी संघीय परिषद्को दशौं बैठकले यस्तो निर्णय गरेको महासचिव केशव सूर्यवंशीले बताए। आइतबार बैठकका निर्णय सार्वजनिक गर्न तानसेनमा आयोजित पत्रकार सम्मेलनमा महासचिव सूर्यबंशीले प्रधानन्यायाधीशले पदबाट राजीनामा नदिए देशमा चुनाव नहुने र एक वर्षभित्रै ‘सिभिलियन कू’ हुने दाबी गरे।

 ‘राजीनामा दिए विरोधमा रहेका दलहरु पनि सहमतिमा आउँछन र चुनावको वातावरण बन्छ,’ सूर्यबंशीले भने ‘नत्र यो देशमा अकल्पनीय द्वन्द्व निम्तने छ।’ उनले यस्तै परिस्थिति रहे एक वर्षभित्रै राष्ट्रपतिले कू गर्ने र देश द्वन्द्वको अर्को चरणमा प्रवेश गर्ने बताए।

पार्टी बैठकले नागरिकता अध्यादेशको खारेज गर्नसमेत माग गरेको छ। राष्ट्रिय सहमति बिना नागरिकता विधेयक ल्याइएको भन्दै त्यसको खारेजी गर्नुपर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख टोप अस्लामीले बताए। निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्न माग गर्दै हिमाल, पहाड र तराईका लागि छुट्टाछुट्टै मापदण्ड कायम गरिनुपर्ने बैठकले निर्णय गरेको प्रचार बिभाग प्रमुख टोप अस्लामीले जानकारी दिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %