के. मगर तनहुं, वर्तमान समसामायिक राजनैतिक घटनाक्रमको बिषयलाई लिएर राष्ट्रिय जनमुक्ति पार्टी तनहुंले तीनवाटै निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको कार्यकर्ता भेलाहरु सम्पन्न गरेको कुरा पार्टी स्रोतले जनाएका छन l
नयाँ बर्षको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमसंगै शुरुवत गरेको उक्त भेला कार्यक्रम बैशाख १ गत्ते क्षेत्र नं.१, आँबु गा.वि.स.मा सम्पन्न गरेको छ । पार्टी जिल्ला सदस्य प्रेम बहादुर थापा मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा एमाले, काँग्रेस माअोबादी पार्टी पारित्याग गरि ५५ कार्यकार्ता जनमुक्तिमा प्रबेश गरेको कुरा पार्टी जिल्ला अध्यक्ष मन्ध्ररी आले मगरले बताइन । संघिय परिषदका उपाध्यक्ष मिना पन्धाक (लिम्बु) को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यकर्ता भेलालाई संघिय परिषदका सदस्य हस्त बहादुर थापा मगर, जिल्ला अध्यक्ष मन्ध्ररी आले मगर, कोषाध्यक्ष क्या. दिल बहादुर थापा मगर लगायतका ब्यक्तिहरुले सम्बोधान गरेका थिए । कार्यक्रमको संञ्चलान मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्कीले गरेका थिए l
यसै गरि क्षेत्र नं.३ को कार्यकर्ता भेला बैशाख २ गत्ते भिमाद गा.वि.स.को सभाकक्ष भवनमा सम्पन्न भएको छ l क्षेत्रिय अध्यक्ष तेज बिर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघिय परिषदका उपाध्यक्ष मिना पन्धाक (लिम्बु) संघिय परिषद सदस्य डा. देव बहादुर थापा, जिल्ला अध्यक्ष मन्ध्ररी आले मगर, नेपाल मगर संघ तनहुं जिल्ला अध्यक्ष झक बहादुर सारु मगर, लगायतका बक्तहरुले सम्बोधान गरेका थिए । २०० जना कार्यकर्ताको सहभागिता रहेको उक्त कार्यक्रमको संञ्चलान जिल्ला सदस्य लाल बहादुर गोतामेले गरेका थिए l
यसरी नै क्षेत्र नं.२ को, केशावटार गा.वि.स.को मास्दीमा बैशाख ३ गत्ते क्षेत्रिय भेला सम्पन्न गरेको छ । जिल्ला सदस्य छबि लाल थापा मगरको अध्यक्षतामा तथा संघिय परिषदका उपाध्यक्ष मिना पन्धाक प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथि संघिय परिषद उपाध्यक्ष मिना पन्धाक, बिशेष अतिथि मगरात राज्य परिषदका सचिव खडक बहादुर आले मगर , जिल्ला अध्यक्ष मन्ध्ररी आले मगर, राष्ट्रिय युबा मोर्चा जिल्ला अध्यक्ष गंग राना मगर लगायतका बक्ताहरुले सम्बोधान गरेका थिए । उक्त कार्यकर्ता भेलामा क्षेत्र नं.२ का करिब १५० जना कार्यकर्ताहरुको सहभागिता रहेका थिए ।
