के आले तनहु,
वर्तमान खिलराज रेग्मी सरकार गठनको प्रकृयागत त्रुटि सच्याउन र चार दलीय ‘सेन्डिकेट’ खारेजीको माग राख्दै ,राष्ट्रिय जनमुक्ति पार्टीले चैत ८ गत्ते देखि 31गते संचालन गरिएको पहिलो चरणको शान्तिपुर्ण दाबवमुलक बिरोध कार्यक्रमहरु सकाएर गृह जिल्ला तनहुँ आईपुग्नु भएका पार्टीका बरिष्ठ उपाध्याक्ष शिब लाल थापाले एक कार्यक्रम बिच भन्नु भयो ” चार दलले १७ साल दोहोर्यायो ।
०६९ जेष्ठ १४ पछि मुलुक जसरी संकटमा फस्यो । जसलाई निकास दिने नाउँमा कँग्रेस,एमाले,एमाओबादी र मधेसी मोर्चाको मिलीमतोमा दलीय ब्याबस्थालाई समाप्त पार्ने जुन काम गरियो ,यो देशको लागि घातक छ । एक निर्दलीय ब्याक्तिलाई सत्ता हस्तान्तरण गरिनु , यस्को मानेमा राजा महेन्द्र ले १७ साल दोहोर्याएको ‘सिनटोम’ देखिन्छ । जसरी राजा महेन्द्र ले १७ सालमा देशमा आशान्ति बढेको नाउँमा , बिकाश ले गति नलिएको नाउँमा जुन ‘कू , गरिएको थियो त्यस्तै आज चार दलले जो बाँकी रहेको एक मात्र न्यायपालिकालाई ध्वास्ट बनाई निर्दलीय ब्यक्ति प्रधान न्यायधिश लाई सरकारको जिम्मा लगाउनु १७ साल दोहोर्याउनुको पहिलो सिनटोम हो ।
मुलुक लाई सिविलियन ‘ कू , गरेकै हो ” उक्त कुरा हालै मात्र राष्ट्रिय जनमुक्ति पार्टी तनहुँले दमौलीमा आयोजित नयाँ बर्षको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बताउनु भएको हो । पार्टी कार्यकर्तालाई शुभकामना दिने क्रममा उहाँले आगडि भन्नु भयो ‘ अब पार्टी सडक संघर्षमा जानु पर्छ । आउदो बैशाख ६ देखि ८ गते सम्म पाल्पाको तानसेनमा संघिय परिषदको नियमित बैठक बस्दै छ । उक्त बैठकले पार्टी लाई ठोस दिशाबोधको निष्कर्शमा पुर्याईने छ ।
कार्यक्रम पार्टी जिल्ला अध्यक्ष मन्ध्ररी आलेको अध्यक्षतामा र महिला उपाध्याक्ष मिना पन्धाकको बिशेष उपस्थितिमा भएको थियो ।
