नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) को पाँचौं राष्ट्रिय महाअधिबेशन जेठ २६ मा हुने

Read Time:3 Minute, 37 Second

देब पचभैया

काठमाडौं, ३ बैशाख ।‘‘जातिय पहिचान सहितको संघीयताका लागि पूर्ण  समाबेशी सञ्चार’’ भन्ने मूल नाराका साथ नेपाल आदिबासी जनजाति पत्रकार संघ  (अनिज) को पाँचौं राष्ट्रिय महाअधिबेशन जेठ २६ मा पोखरामा हुने निश्चित  भएको छ । अनिज का केन्द्रीय अध्यक्ष मोहनसिं लामाको अध्यक्षतामा बसेको  बैठकले महाअधिबेशन सफल पार्न मूल आयोजक समिति गठन गरी विभिन्न उपसमितिहरु  गठन गरेको छ । आयोजक समितिमा केन्द्रीय समिति २१ जना र सल्लाहकार ३ जना  राख्ने निर्णय गरेको छ ।

  केन्द्रीय समितिको बैठकले महाअधिबेशन सफल पार्न विधान संशोधन उपसमिति,  आर्थिक ब्यवस्थापन उपसमिति, प्रकाशन तथा प्रचार प्रसार उपसमिति, केन्द्रीय  ब्यवस्थापन उपमिति र स्थानिय पोखरा उपसमिति गठन गरेको छ । विधान संशोधन  समितिमा संयोजक गर्जुधन राई, आर्थिक ब्यबस्थापन उपसमिति संयोजक टिका  प्रधान, प्रकाशन तथा प्रचार प्रसार उपसमिति संयोजक डम्बरकृष्ण श्रेष्ठ, केन्द्रीय  ब्यबस्थापन उसपमिति संयोजक डण्ड गुरुङ र पोखरा स्थानिय उपसमिति संयोजक हुम  गुरुङलाई तोकेको छ ।

  बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव गरी ३/३  जना अनिज कास्की जिल्ला शाखाबाट ११ जना र थप ७ जना गरी ५१ सदस्यीय मूल  आयोजक समितिमा रहने निर्णय गरेको छ ।  राष्ट्रिय अधिबेशनलाई मध्यनजर गर्दै अनिज जिल्ला शाखाहरुको जिल्ला अधिबेशन  २०७० साल बैशाख १५ गतेभित्र सम्पन्न गर्न सक्रिय भई लाग्ने निर्णय गरेको छ ।

  अनिज जिल्ला शाखाहरुले बैशाख १५ गतेभित्र जसरीपनि अधिबेशन सम्पन्न गर्नपर्ने  केन्द्रिय अध्यक्ष लामाले बताउनुभयो ।  यसैविच राष्ट्रिय अधिबेशनलाई ध्यानमा राखी अनिज जिल्ला शाखाहरुले जिल्ला  अधिबेशन धमाधम सम्पन्न गरिरहेका छन् । हालम्म उदयपुर, तनहुँ, सुनसरी,  रुपन्देही, दोलखा, गोर्खा, दाङ, धादिङ र कास्की, रुपन्देही, पाल्पा,  संखुवासभा, लगायतका अनिज शाखाको अधिबेशन सम्पन्न भएका छन् । आज रोल्पा र प्यूठानको अधिबेशन हुने रोल्पा र प्यूठान शाखाले जनाएको  छ ।

 अन्य जिल्लाबाट आदिबासी जनजाति पत्रकाहरुको नामावली आउने क्रम जारी रहेको छ । नामावली नपठाएका जिल्ला शाखाहरुलाई यथाशिघ्र केन्द्रमा नामावली पठाउन र  २०७० साल बैशाख १५ गतेभित्र जिल्ला अधिबेशन सम्पन्न गर्न अनिज केन्द्रिय समितिले  प्रत्येक जिल्ला शाखालाई अनुरोध गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %