पितृ सत्ताको कारणले गर्दा महिलाहरु बढी शोषित : गंगा खासु

Read Time:3 Minute, 37 Second

कमल चौधरी, बुटवल , नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुले एक कार्यक्रमका बीच बोल्दै पितृ सत्ताको कारणले गर्दा महिलाहरु बढी शोषित भएको बताईकी छिन् । नेपाल मगर महिला संघको पाँचौ अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खासुले यस्तो भनेकी हुन् । उनले मगर जातिको हक अधिकारको लागी सबै एकजुट भएर अगाडी बाढ्नु पर्नेमा जोड दिएका थिईन् । पशुपति उच्च मा.वि को प्राङ्गगणमा शनिबार भएको कार्यक्रममा देश वर्तमान अवस्थमा संकटकालिन अवस्थबाट गुजरिरहेको अवस्थामा यसलाई चाडै निकासको दिशातिर लैजानु पर्नेमा जोड दिदै मगर जातिको हक आधिकार राज्यले नै सुनिश्चित गर्नु पर्ने अध्यक्ष खासुले बताईन् । उनले तानशाही सोच र सत्ता लिप्त शासन प्रणालीले गर्दा मगर समुदाय अगाडी बढ्न नसकेको आरोप समेत लगाइन् ।

मगर महिला संघको मुख्य माग जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुन पर्ने, प्राकृतिक स्रोत माथिको अधिकार सुनिश्चित हुनुपर्ने, मगर महिलामा हुने जातिय तथा सबै प्रकारका हिंसाको अन्त्य हुनुपर्ने, मतृभाषामा शिक्षा पाउने अधिकार र आत्म निर्णणको अधिकार आदि रहेका छन् ।

पहिचान सहितको संघियता  हुनु पार्ने, मगर समुदायको लोप हुन लागेको भाषा संस्कृतिको संरक्षण गनुपर्ने, जनजातिका मुद्दाहरुलाई बुलन्द रुपमा आगडी लैजानु पर्ने भन्दै  आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका  अध्यक्ष सन्तराम चौधरी, नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका उपध्यक्ष धन बहादुर गुरुङ्ग, नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष तुल्सी रेस्मी, मगर युवा संघका जिल्ला  उपाध्यक्ष कमल थापा, मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष सन्दीप थापा, संघीय प्रकाशन प्रा.लि.का अध्यक्ष क्या. भिम बहादुर राना, मगर राष्ट्रिय मोर्चाका जिल्ला अध्यक्ष भुल बहादुर सुनारी, मगर चलचित्र संघका केन्द्रीय सचिव शंकर गाहा, मगर संघका मधवलिय गाविस अध्यक्ष होम बहादुर मगर, मगर महिला संघ मधबलिय गाविस अध्यक्ष मिन कुमारी पाटा लगाएतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा नेपाल मगर महिला संघका जिल्ला अध्यक्ष शकुन्तला पुन मगरको सभपतित्व, जिल्ला उपाध्यक्ष चन्दा थापाको स्वागत र सचिव कुमारी थापाको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %