२५५७ औं बुद्ध जयन्ति सिडनीको डार्लिङ हार्बरमा भब्यताका साथ मनाउने तयारी ।

Read Time:2 Minute, 45 Second
  आगामी २५५७ औं बुद्ध जयन्ति सिडनीको डार्लिङ हार्बरमा भब्यताका साथ मनाउने तयारीको रुपमा दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल” मा बिभिन्न सत्र देशका कलाकारहरुद्धारा यही मार्च २९ र ३१ गरी दुई दिन प्रारम्भिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुद्धको जन्मभूमि नेपालको कला, संस्कृतिको परिचय दिंने अभिप्रायले उक्त सांस्कृतिक कार्यक्रममा चिनारी नेपालले नेपालका तर्फबाट सहभागिता जनाएको थियो । मार्च ३१ आइतबारका दिन आयोजित दोश्रो दिनको कार्यक्रममा चिनारी नेपालका कलाकारहरु सन्तोकी के.सी., र आयुस्मा सापकोटा र मुनलाइट आर्ट एण्ड क्रियटिभ सेण्टरबाट अतिथि कलाकार प्रतिमा लिम्बूबाट बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त प्रारम्भिक कार्यक्रममा जनाइएको सहभागितापस्चात नेपालका तर्फबाट सिडनीको डार्लिङ हार्बरमा मनाइने आगामी २५५७ औं बुद्ध जयन्तिमा चिनारी नेपाल बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नेपाललाई बुद्धभूमिको रुपमा चिनाउन सहभागी हुने भएको छ ।
 
बिभिन्न गतिबिधि मार्फत नेपालको चिनारी दिन अग्रसर चिनारी नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानको बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने उद्धेस्य प्राप्तीका लागि अस्ट्रेलियामा सहयात्रीको रुपमा चिनिन्छ र अभियानको हरेक कार्यक्रममा सहयात्री हुने गरेको छ । सिडनीको डार्लिङ हार्बर कार्यक्रमलाई लक्षित गरी “नान टी यान टेम्पल” आयोजित उक्त कार्यक्रममा नेपाली सहभागिता जनाउन चिनारी नेपालका तर्फबाट गंगा बहादुर नेम्कुलले संयोजनकारी भूमिका निर्बाह गर्नु भएको थियो ।
 
राम कुमार श्रेष्ठ ,अस्ट्रेलिया बाट   

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %