पाल्पा, चैत्र २६
राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाको आयोजनामा आज तानसेनमा सर्बपक्षिय राजनितिक अन्तर सम्बाद कार्यक्रम भएको छ । रेडक्रसको भवनमा सम्पन्न भएको बर्तमान परिप्रेक्ष्यमा सर्बपक्षिय राजनितिक अन्तर सम्बाद कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्रको मान्यतालाई बचाएर साझा मुद्धामा एक भएर राजातिक दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सुरुमै जिल्ला कार्य समिति पाल्पाको तर्फ बाट संबिधान सभाको निर्बाचनलाई सुनिश्चित , पारदर्शी, बिश्वसनिय र साझा राष्टिय अभियानको रुपमा सम्पन्न गर्नको लागी ५ बुदे ध्यानआर्कषण पत्र पेश भएको थियो ।
जिल्ला सदस्य मदन सिंग रानाले पेश गर्नुभएको ध्यान आर्कषण पत्रमा संबिधान सभाको निर्बाचनको मिति र यस सम्बन्धि अन्य महत्वपुर्ण प्रकृयाको टुंगो सर्बदलिय राजनितिक सहमतिको आधारमा हुनपर्ने, संबिधान सभाको सदस्य संख्या ६०१ नै कायम हुनुपर्ने, संबिधान सभाका सदस्यले पारिश्रमिक लिन नपाउने ब्यबस्था हुनपर्ने, बिदेशमा रहेका नेपालीहरुले साबिकका देशहरुमै संबिधान सभाको निर्बाचनमा मतदान गर्न पाउनुपर्ने , चार दलको कथित उच्च स्तरिय राजनितिक सल्लाहकार समिति तत्काल खारेज गरी सर्बदलिय सहमतिको आधारमा राजजितिक सल्लाहाकार समिति गठन हुर्ने र अन्त्रिम चुनाबी मन्त्री परिषदका अध्यक्ष खिलराज रेक्ष्मीले तत्काल प्रधानन्याधिसको पदबाट राजिनामा दिनुपर्ने ५ बुदे प्रस्ताब पेश गर्नुभएको थियो । त्यही प्रस्ताब भित्र रहेर छलफल केन्द्रित भएको थियो । कार्यक्रममा बोल्दै राष्टिय जनमुक्ति पार्टीका स्थाई समिति सदस्य तथा प्रचार बिभागका प्रमुख टोप अस्लामीले राजनितिमा ब्यक्ति बादी र पार्टी केन्द्रित राजनिति हाबी भएकाले लोकतन्त्रको मुल्य मान्यता धरापमा पर्दे गएको बताउनुभएको छ । चार दलिय सिन्डिकेटले दोश्र्रो पटक हुन लागेको संबिधान सभाको निर्बाचन पनि सुनिश्चित नभएको बताउनुभयो । कार्यक्रममा एमाले पाल्पाका उपाध्यक्ष देबी बस्याल, नेकपा माओबादी पाल्पाका सचिब गिर बहादुर थापा, तानसेनका पुर्ब मेयर असोक कुमार शाही, पाल्पाका बुद्धीजिबि निर्मल श्रेष्ठ, जनजाति महासंघ पाल्पाका अध्यक्ष गम बहादुर थापा, पुर्ब उपाध्यक्ष मानध्वज श्रेष्ठ, जनमुक्ति पार्टीका केन्द्रिय सदस्य केहरसिंग राना लगाएतले कार्यक्रममा बोलेका थिए ।
जिल्ला उपाध्यक्ष नारायण बहादुर थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको अध्यक्ष नरबहादुर रानाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन उजिर दर्लामीले गर्नुभएको थियो ।
