लुम्बिनी मन्च हंगकंगले १२ औं बार्षिक उत्सव मनायो

हंगकंग, शान्तीको प्रतिक भगवान गौतम बुद्धको जन्म थलो लुम्बिनी वरिपरीको सेरोफेरोबाट हंगकंगमा वसोवास गर्दै आएका नेपालीहरुले संस्था लेम्बिनी मञ्च हंगकंगले मंकिहीलमा १२ औं बार्षिक उत्सव भव्यताका साथ मनाएको छ । सिमसिम पानीको पनि पर्बाह नगरी ठुलो संख्यामा लुम्बिनी मन्चमा आबद्ध सदस्यहरु र पाहुनाहरुको उपस्थिती देखिन्थ्यो । बिबिक्यु मासु लगायत बिभिन्न परिकारहरुको समिश्रणमा स्वादका पारखिहरुले आनन्द लिए ।

 यस लुम्बिनी मन्चले ११ बर्ष पुरा गरी १२ औं बर्षमा प्रबेश गरेको उपलक्षमा पटेकाको आतिशबाज़ी गर्दै औपचारीक कार्यक्रमको शुभारम्भ गरेको थियो । कार्यक्रमको प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम बी थापा मगर, मन्चको संस्थापक अध्यक्ष हेम राज थापा मगरलाई बिशेष अतिथीमा आसन गराएको थियो । मगर संघ हंगकंगका अध्यक्ष चन्द्रज्योती आले मगर लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुलाई आसन ग्रहण गराएको थियो ।

कार्यक्रममा बक्ताहरुले लुम्बिनी मन्चले आगामी दिनहरुमा प्रगति र उन्नति  गर्दै जाउन भनि शुभकामना ब्यक्त गर्नुका साथै आउंदै गरेको नेपाली नयां बर्ष २०७० सालको शुभकामना पनि ब्यक्त गरेका थिए । संस्थापक अध्यक्ष हेम राज थापा मगरले लुम्बिनी मन्चको बारेमा प्रकास पारेका थिए । कार्यक्रमको अध्यक्षाता मन्चका अध्यक्ष राजु श्रेष्ठले गरेका थिए । कार्यक्रम सन्चालन सचिब मिन गुरुड्ग०ले गरेका थिए । औपचारिक कार्यक्रम लगतै तमवोला लक्कीड्र गरेको थियो भने तत्पश्चात सांस्कृतिक कार्यक्रम र डिजे भएको थियो ।

बिक्रम थापा मगर