विरोध र्रयालीको लागि महासंघको आह्वान

हङकङ, अप्रिल १, नेपाल आदिवासी जनजाति महासंघ हङकङले महाबाणिज्यदूत महेशप्रसाद दाहालको नियुक्ती खारेजीको माग गर्दै पत्राकार सम्मेलन गरेको छ । जनजाति मुलकै महाबाणिज्यदूत पठाउन बिगत सात बर्षदेखि माग गरीएता पनि सुनुवाइ नभए पछि यो कदम चाल्न बाध्य भएको महासंघका अध्यक्ष एम बि थापा दर्लामी मगरले बताए । जनजातिका मागलाई बेवास्ता गरी दाहाललाई नै पठाइए सामाजिक बहिष्कार गर्ने र आवरण अनसनमा समेत उत्रने महासंघले चेतावनी दिएको छ ।
यस अघिका महाबाणिज्यदूत विनोद कुमार उपाध्यायलार्इ तत्कालिन प्रधानमन्त्री तथा आफ्नै सहोदर दाजु माधव कुमार नेपालले प्राविधिक क्षेत्रबाट बढुवा गरि महाबाणिज्यदूतमा नियुक्त गरेका थिए ।
उपाध्यायको अवकाशपछि बाबुराम भट्टराई सरकारले नेकपा एमाअोवादीका अध्यक्ष पुष्पकमल दाहालकै थरका महेशप्रसाद दाहाललाई नयाँ महाबाणिज्यदूत नियुक्त गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ हङकङले बिगत सात वर्ष अघि देखिनै यो मागलार्इ महावाणिज्यदूतावास हंगकंग र नेपाल सरकार बीच मात्रै शान्तिपूर्ण ढंगले माग गर्दै आएको थियो । तर नेपाल सरकारले यो मागको बेवास्ता गर्दै आएकोले महासंघले अहिले यसको लागि सघर्ष समिति नै खडा गरी दाहालको नियुक्तीको खारेजीको लागि तीनपटक दूतावास भवन परिसरमा धर्ना गरी ज्ञापन पत्र बुझार्इसकेको छ ।
सरकारले पटक पटक आश्वासन दिएर पनि हाम्रो मागलार्इ वेवास्ता गरेकोले यसपटक अन्तर्राष्ट्रिय समुहको ध्यानाआकर्षण गराउन बाध्य भएर र्‍यालीको आयोजना समेत गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष दर्लामी मगरले बताए ।
गैरजनजाति प्रशासक जनजातिप्रति कहिले पनि सकारात्मक नभएको र हुन नसक्ने समेत उनको आरोप छ । किनकि बिगतका महाबाणिज्यदूतहरुले यस महाबाणिज्यदूत पदको लागि नेपालमै कुनै पनि जनजातिहरु सक्षम नभएको र हंगकंगमा जातिय सस्थाहरुको अवश्यकता नरहेको भन्ने समेत हंगकंगको सार्वजनिक स्थलहरुमा वक्तब्य दिएको उनको गुनासो छ । 
 बिरोध र्‍यालीमा यहाँका विभिन्न संघसस्था र नेपालीका परम्परागत बाजागाजा र विभिन्न जातिय झाकी र पहिरनसहित आगामी ७ अप्रिल आइतबारका दिन दिउँसो  १ बजे देखि काउलुन पार्कबाट दूतावास भवनसम्म शान्तिपूर्ण र्‍यालीको आयोजना गर्ने समेत जनाइ सवैलार्इ आह्वान गरेको छ ।
यसकपत्रकार सम्मेलन तथा जानकारी कार्यक्रमको अध्यक्षता सघका अध्यक्ष एम बि थापा दर्लामी मगरले गरेका थिए । कार्यक्रम संचालन संघर्ष समितिका सचिव तथा नेपाली पत्रकार महासंग हंगकंगका अध्यक्ष किसन राइले गरेका थिए । सल्लहाकार भक्त दुरा, नरहाङ्ग राइ, भुपेन चेम्जोङ्ग, हेम बहादुर तामांग र विशन गुरुङले पत्रकारहरुको जिज्ञासा दिएका थिए । 

 

पत्रकार सम्मेलनमा बायाँबाट क्रमशः महासंघका सल्लाहकार नरहाङ राई, भक्त दुरा, विसन गुरुङ र भूपेन्द्र चेमजोङ बीचमा अध्यक्ष थापा । तस्बिरः जगत गुरुङ ।