संविधानसभामा समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी गर्न जातिय संस्थाद्वारा दबाब

Read Time:2 Minute, 38 Second

देब पचभैया काठमाडौं चैत्र १९

विभिन्न जातिय संस्थाहरुले संबिधान सभामा समानुपातीकतर्फको सिट घटाएको बिरोधमा आज प्रमुख राजनितीक दलहरुलाई ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले राष्ट्रपति र चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीलाई समेत ज्ञापनपत्र बुझाएका हुन् । यस अघिको संविधानसभा निर्वाचनमा आदिबासी जनजातिले समानुपातिकतर्फ अन्ठाउन्न प्रतिशत प्रतिनिधित्व पाएपनि आउदो निर्वाचनमा राजनितीक दलहरुले समानुपातीकतर्फको प्रतिशत घटाएउने निर्णय गरेकाले जातिय संस्थाहरु आन्दोलीत भएका हुन् । उनिहरुले यसअघिकै अन्ठाउन्न प्रतिशत सिट सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

 आदिबासी जनजाति संयुक्त संघर्ष समितिका सचिवालय संयोजक नरबहादुर गुरुङले समानुपातीकतर्फको प्रतिनिधित्व संख्या घटाएको बिरोधमा पहिलो चरणको आन्दोलन स्वरुप ज्ञापनपत्र बुझाएको बताउनु भयो । दलहरुले माग सम्बोधनका लागि तत्काल ठोस निर्णय नगरे आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने उहाको चेतावनी छ  ।

 ज्ञापनपत्रमा उनिहरुले समानुपातीकतर्फको प्रतिनिधित्व संख्या घटाउने निर्णय असंबैधानिक भएको र पुन शंसोधन गरि पहिलेकै समानुपातिक संख्या कायम गरिनुपर्ने माग राखेका छन् । संयोजक गुरुङले आज  विहान(साढें दश बजे) भृकुटीमण्डपबाट मोटरसाइकल ¥यालि सहित मुख्य चार राजनितीक दलहरु, एकिकृत नेकपा माओबादी, नेपाली कागे्रस, नेकपा एमाले र मधेसवादी मोर्चाको कार्यालयमा पुगि ज्ञापनपत्र बुझाएको  बताउनुभयो ।

 संयोजक गुरुङले राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्षलाई पनि आजै ज्ञापनपत्र बुझाएको  जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन आदिबासी संघर्ष समिति, आदिबासी जनजाति महासंघ र जातिय संस्थाका प्रतिनिधीहरु सहभागि रहका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %