के, मगर, १८ चैत नवलपरासी, राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको आयोजनामा संचालित दुई दिने आगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार नलपरासीको कावासोतीमा सम्पन्न भयो ।
राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्की मगरको अध्यक्षतामा तथा पार्टीका प्रशिक्षण विभाग प्रमुख रत्न राना मगर र प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीको अतिथ्यमा सम्पत्र उक्त कार्यक्रममा पार्टीका उच्च तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
देशको वर्तामान राजनैतिक घट्नाक्रमको बिषय लाई लिएर आयोजित उक्त कार्यक्रममा र पार्टीले चाल्नु पर्ने निति कार्यक्रम बारे प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीले प्रशिक्षण दिनु भएको थियो भने ,पार्टीको बिगत वर्तामान अबस्था र भाबी कार्यदिशाको बिषयमा प्रशिक्षण विभाग प्रमुख रत्न राना मगर प्रशिक्षण दिएका थिए ।
मगरात राज्य अन्तर्गत पर्ने जिल्लाहरुका पार्टी आगुवा कार्यकर्ता र राज्य परिषदका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रम शुक्रबार र शनिबार दुईदिने सम्म चालेको थियो । राज्य परिषदका उपाध्यक्ष नरबहादुर ठाडा मगरको स्वागत भाषण बाट शुरु भएको कार्यक्रमको संचालन तथा सहजीकरण सचिव खडक बहादुर आले मगरले गरेका थिए ।
आगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
Read Time:1 Minute, 58 Second
