टटेरामा लुम्विनी बौद्ध विश्व विद्यालय स्थापनाका लागि एक अन्र्तक्रिया

Read Time:4 Minute, 11 Second

गोविन्द घर्ति

देवदह चैत्र १३ । लुम्विनी बौद्ध विश्व विद्यालय स्थापनाका लागि रुपन्देहीको केरवानी–६ टटेरामा रहेको सार्वजनिक जग्गा उपयुक्त हुने एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।

रुपन्देहीको केरवानी–७ भवानीपुरमा भएको हदवन्दी बढिको सरकारी जग्गा संरक्षण तथा लुम्विनी बौद्ध विश्व विद्यालय स्थापना विषयक सामुहिक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले उक्त हदवन्दी जग्गामा लुम्विनी बौद्ध विश्व विद्यालय निर्माण गर्न राजनैतिक दल, विभिन्न संघसंस्था, स्थानीय गाविस तथा स्थानीय वासीको सहयोगको आवश्यकता रहेको औल्याएका थिए ।

उक्त कार्यक्रममा बोल्दै लुम्विनी विकास कोषका पुर्व सदस्य सचिव रामलाल श्रेष्ठले गौतम बुद्धको मावली स्थल देवदहको पहिचानलाई माथि उठाउन पनि लुम्विनी बौद्ध विश्व विद्यालय स्थापनाले सहोग गर्ने भएकाले त्यसका लागि स्थानीय वासी उत्प्रेणीत भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । नेकपा एमाले र नेपाल भूमिहिन सुकुम्वासी संगठन केरवानीको संयुक्त आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा बौद्ध दर्शनका अध्यता डा. कृष्ण न्यौपाने र केरवानी गाविसका निवर्तमान अध्यक्ष निलकण्ठ पौडेलले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।

पुर्ण बहादुर कवरको अध्यक्षता, टेक बहादुर थापाको स्वागत र लिलावल्लभ भट्टराईको संचालनमा भएको कार्यक्रममा लुम्विनी बौद्ध विश्व विद्यालयका सहप्रधानाध्यापक नेत्र काप्mले, नेकपा एमालेका क्षेत्रीय सहईन्चार्ज शैलेन्द्र उपाध्याय, समाजसेवी जीवलाल पराजुली, देवदह क्षेत्र विकास केन्द्रका अध्यक्ष नमराज पुरी, कोलिय बचत तथा ऋणसहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, तिलक आर्चाय, बेद गिरी, गनपत प्रसाद पुप्त लगायतले बोल्नु भएको थियो ।

नेपाल भूमिहिन सुकुम्वासी संगठन रुपन्देहकिा अध्यक्ष सिद्धिचरण भट्टराईले सहजीकरण गर्नु भएको अन्र्तक्रिया कार्यक्रममा मुक्तिनारायण चौधरी, झविन्द्र प्रसाद पाण्डे, थानेश्वर भण्डारी, भिम न्यौपाने, ज्योति भट्टराई, विष्णु ज्ञवाली लगायतले टिप्पणी गर्नु भएको थियो ।

सोही कार्यक्रमले डा. कृष्ण न्यौपानेले संयोजकत्वमा १७ सदस्यीय लुम्विनी बौद्ध विश्व विद्यालय सहयोग समिति गठन गरेको छ । जसको सदस्यहरुमा जीवलाल पराजुली, नमराज पुरी, निलकण्ठ पौडेल, मुक्तिनारायण चौधरी, धुव्र खरेल, अमृतमान शाक्य, विष्णु पाण्डे, कृष्णप्रसाद पौडेल, हिरा बहादुर खत्री, सिद्धिचरण भट्टराई, वासुदेव रिमाल, केशव घिमिरे, लिलाधर मरासिनी, झविन्द्र पाण्डे, सिता पोखरेल, वीर बहादुर गुरुङ्ग रहनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %