देब पचभैया
स्याङ्जा, १२, चैत्रविगतमा भएका कमीकमजोरी र मतभेदलाई बिर्सेर अगामी संविधानसभाको निर्वाचनमा जुट्न का“ग्रेसका शिर्ष नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । एकजुट भएर लोकतान्त्रिक शक्तिलाई बलियो बनाउनु पर्नेमा उनीहरुको जोड छ ।
नेपाल महिला संघको आयोजनामा स्याङ्जामा भएको पश्चिमाञ्चल स्तरीय दुई दिने कार्यशालामा का“ग्रेस शिर्ष नेताहरुले व्यवस्थापीका नभएको अवस्थामा शक्ति पृथकीकरण सिद्धान्त लागु नहुने बताएका छन् । बाबुराम भट्टराई नेतृत्व सरकार निर्वाचन पनि नगर्ने र सत्ता पनि नछाड्ने भएपछि प्रधानन्यायधिशको नेतृत्व मान्य बाध्य भएको बताउदै का“ग्रेस सभापति सुशिल कोईरालाले भट्टराई सरकारले गरेको लुट र संक्रमणकालिन अवस्थाको अन्त्यका लागि निर्वाचनमा जाने सहमति गरेको बताउनुभएको छ ।
“सिद्धान्त र व्यवहारीक विषयलाई एकसाथ लान सकिएन भने राजनीतिले बाटो बिराउछ, उहाले भन्नुभयो “अहिले त्यहि भएको छ, निर्वाचनले बाटो बिराएको राजनीतिलाई सहि बाटोमा ल्याउछ ।” बिग्रिएको राजनीतिलाई सहि बाटो र प्रजातन्त्रको संस्थागत विकास गर्न निर्वाचन आवश्यक भएको कोईराको ठहर छ ।
कांग्रेसलाई माओवादी र मधेशबादी दलले संधियता बिरोधी भन्ने गरेका भन्दै सभापति कोईरालाले लोकतन्त्रमा सबैको मागलाई सम्बोधन हुने भएकाले का“ग्रेस संधियता बिरोधी नभएको जिकिर गर्नुभयो ।
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले २०६४ मा भएको संविधानसभामा लोकतान्त्रिक शक्तिहरु कमजोर हुंदा संविधासभाले संविधान बनाउन नसकेको बताउनुभयो । लोकतन्त्र र दिगो संविधान बनाउन कांग्रेस नेतृत्वको विकल्प नभएको भन्दै देउवाले नेपाललाई दिगो संविधान दिएर सम्बृद्धिमा लाग्नुको अर्को बाटो नभएको बताउनुभयो ।
नेकपा–माओवादी निर्वाचनमा भाग लिन्नौ भन्नु लोकतन्त्र बिरोधी चरित्र भएको भन्दै उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र र जनताको अधिकारका ठूला कुरा गर्ने नेकपा–माओवादीले निर्वाचनमा भाग लिएर देखाउन सक्नुपर्नेमा जोड दिनुभएको छ । सेनाको सहयोग लिएर भएपनि निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भएरहित बनाउने तयारीमा रहेको पौडेलले जानकारी दिनुभएको छ । कार्यशाला गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, मिना पाण्डे, दिपकुमार उपाध्याय, एन्पी साउद, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, कमला पन्त, कृष्णचन्द्र नेपाली, धनराज गुरुङ्, सुरेनद्र पाण्डे, शंकर भण्डारी, जीवन परियार, राजन पन्तले संविधान बनाउ“ने महत्वपूर्ण विषय भएको हु“दा हाम्रा र नजिककालाई नभएर राम्रोलाई उम्मेदवार बनाउन आग्रह गरे । दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा पश्चिमाञ्चलका १६ जिल्लाबाट ८० महिला नेतृहरुको सहभागिता रहेको छ । गोष्ठीमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
