महोत्तरी, चैत्र १२
जिल्ला शिक्षा कार्यालय महोत्तरीका उपसचिव बलबहादुर कार्कीमाथि आज महोत्तरीको सरपल्लोमा गोली प्रहार भएको छ । सदरमुकाम जदेश्वरबाट मोटरसाइकलमा बर्दिवास तर्फ जादै गर्दा सरपल्लो नजिकको जौक भन्ने ठाउँमा कार्कीमाथि अपरिचित समुहलले गोली प्रहार गरेको थियो ।
मोटरसाइकलमा आएका २ व्यक्तिले कार्कीको छात्तिमा ताकेर गोली प्रहार गरेको भएपनि कार्कीको अबस्था भने सकुशल रहेको महोत्तरी प्रहरीले जनाएको छ । घटनाको विषयमा ढिलो गरी जानकारी आएको कारण अपराधीहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । कमजोर पेस्टोलबाट गोली प्रहार भएका कारण कार्कीलाई चोट नलागेको अनुमान प्रहरीले गरेको छ ।
