काठमाण्डौ, चैत्र १२
कार्यबाहक प्रधानन्यायधीश दामोदर शर्माले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका विरुद्ध कुनै कदम उठाएको खण्डमा मात्र खबरदारी गर्न कानुन ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । वरिष्ठ अधिवक्तामा बढुवा भएका काुनन ब्यवसायीहरुलाई सर्वोच्च बारले गरेको सम्मान कार्यक्रममा शर्माले स्वतन्त्र न्यायपालिका प्रति आफु प्रतिबद्ध रहेको भन्दै कुनैपनि हस्तक्षेप नहुने दृढता ब्यक्त गर्नुभयो ।
उहाँले गल्ति भएको खण्डमा मात्र औँला ठड्याउन समेत कानुन ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । सर्वोच्च अदालत अन्तरिम संविधानको भावना अनुरुप स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध रहेको शर्माको भनाई थियो । उहाँले अदालतलाई बचाउनु कानुन ब्यवसायीहरुको पनि कर्तब्य रहेकोले त्यसप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो । कार्यक्रममा केही साता अघि बढुवा भएका बरिष्ठ अधिवक्तारुलाई सम्मान गरिएको थियो ।
