काठमाण्डौ,चैत्र १२
निर्वाचन आयोगले आज पुर्णता पाएको छ । सँवैधानिक परिषदले निर्वाचन आयोगमा पादधिकारी नियुक्त गर्न सिफारिस गरेको नामलाई स्विकृत गरेर राष्ट्रपतिले निर्वाचन आयोगलाई पुर्णता दिनुभएको हो ।
संबैधानि परिषदले पहिले पटक सिफारिस गरेको नामका बिषयमा राष्ट्रपतिले प्रष्टता खोजेपछि परिषदले पुनः हिजो आफुहरुले सिफारिस गरेको नाम संबिधान सम्बत नै भएको दाबी सहित जवाफ पठाएको थियो । परिषदको जवाफपछि राष्ट्रपति रामबरण यादबले आज निर्वाचन आयोगका लागि सिफारिस भएको नामलाई स्विकृत गर्नुभएको हो ।
संवैधानिक परिषद्को सिफारिस अुनरुप राष्ट्रपति डाक्टर रामवरण यादवले निर्वाचन आयोगमा प्रमुख आयुक्त सहितका आयुक्तहरु नियुक्त गर्नु भएको छ । नवनयिुक्त प्रमुख आयुक्त निलकण्ठ उप्रेति तथा अन्य आयुक्तहरुले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति यावदको उपस्थीतीमा कार्यबहाक प्रधानन्यायधिश दामोदर शर्माले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिलाई तथा उप्रेतिले अन्य चार आयुक्तलाई सपथ खुवाउनु भएको थियो ।
राष्ट्रपति कार्यलयले आज दिउँसो प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेति सहित आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधिप्रसाद यादव, इला शर्मा र रामभक्त पि भी ठाकुरलाई नियुक्त गरेको थियो ।
