देब पचभैया
पाल्पा,चैत्र ११,खानीगाउ ६ दैलातुङ्ग पाल्पाका १९ बर्षिय खगु बस्यालले आफ्नै मामाको हत्या गरेका छन् । यम्घा ४ पाल्पाका ५६ बर्षिय आफ्नै मामा तारा प्रसाद न्यौपानेको बस्यालले हत्या गरेका हुन् । एस,एल,सि परिक्षा दिन मामा घर बस्दै आएका खगुले हिजो बिहान मामा संग भएको सामान्य बिबादपछि घरेलु हतियार प्रयोग गरी मामाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । हत्या पछि फरार भएका खगु बस्याललाई जिल्ला प्रहरी कार्यालय पाल्पाले आज बिहान २ बजे आफ्नै घरबाट पक्राउ गरेको छ । प्रहरी निरिक्षक सुर्य चन्दको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । गत बर्ष एस,एल,सि परिक्षामा फेल भएका बस्यालले यस पटक पनि मामा घर बसेर जाच दिएका थिए ।
मादक पदार्थ सेवन पछि मामा भान्जा बिच भएको सामान्य भनाभन पछि खगुले हिजो बिहान झाटो र अरु घरेलु हतियारले मामा तारा न्यौपानेलाई हानेका थिए । त्यति बेलै गंभिर बनेका न्यौपानेको हिजो बेलुकी ज्यान गएको थियो ।
न्यौपानेको हात, छाती र आखा लगाएतमा चोट लागेको बताईएको छ ।
