मधेशबाट चुनाव लड्ने प्रचण्डको घोषणा

Read Time:1 Minute, 13 Second

काठमाण्डौ, चैत्र १०

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आगामी संविधानसभा निर्वाचनमा मधेशबाट चुनाव लड्ने घोषणा गरेका छन् । धनुषामा  आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अाफु मधेशमा जन्मीएकाले अबको चुनावमा मधेशबाटै लड्ने बताउनु भएको हो । उहांले आफ्नो जन्मथलो चितवन मधेश भएको बताउनु भएको छ । उहांले आफुलाई साथ दिनका लागी समेत मधेशबादी जनतालाई आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्ड हिजो पदबाट राजिनामा दिएका एमालेका पोलिटव्यूरो सदस्य रामचन्द्र झाको जनकपुर २ कदमचोकस्थित घरमा  पनि पुग्नु भएको थियो । अध्यक्ष प्रचण्डले एकीकृत माओबादीमा प्रबेश गर्नका लागी झालाई प्रस्ताव गर्नुभएको छ । यद्यपी झाले भने महत्वपुर्ण पद दिने औपचारीक निर्णय गरेमात्र पार्टी प्रबेश गर्ने बताउनु भएको स्रोतले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %