काठमाण्डौ, चैत्र १०
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्याकारी निर्देशक डा. भगवान कोइरालाको राजीनामा अस्वीकृत भएको छ । आफूले सोचेअनुसार काम गर्न नपाएको भन्दै गत फागुन २४ गते राजीनामा दिनुभएका कोइरालाको राजीनामा अस्वीकृत गरेको शिक्षण अस्पताल डिनको कार्यालयले जनाएको छ । कोइरालाले राजीनामा दिएसंगै उहाँलाई फर्काउन कर्मचारी, विद्यार्थीलगायत बिभिन्न क्षेत्रबाट चर्को आवाज उठेको थियो । आफूले सुधारका प्रयास गरे पनि अस्पतालभित्रैबाट असहयोग भएको राजिनामा दिएको कोइरालाले सार्वजनिक गर्नु भएको थियो । कोइरालालाई कुशल प्रशासको रूपमा लिने गरिन्छ । यसअघि उहाले सहिद गंगालाल हृदय केन्द्रको प्रमुख भएर काम गरिसक्नु भएको छ । राजीनामा अस्वीकृसगै उहाका समर्थक उत्साहित भएका छन् ।
