काठमाण्डौ, चैत्र १०, निजी विद्यालयले भर्ना फारम र प्रवेश शुल्क बढी लिएको भन्दै नेपाल अभिभावक संघ बिरोधमा उत्रिएको छ । निजी विद्यालयहरुलाइ नियमन गर्न र शिक्षा विभागले जारी गरेको निर्देशिका पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्दै संघ बिरोधमा उत्रिएको हो । निर्देशिकामा भर्ना आवेदनका लागि २५ रुपैयाँ शुल्क लिनुपर्ने, प्रवेश परीक्षाका लागि एकसय रुपैयाँभन्दा बढी लिन नपाइने, कमजोर निजी विद्यालयलाई मर्ज गरिने, विद्यालय सञ्चालकले तीन वर्षसम्म शुल्क बढाउन नपाउने लगायतका प्रावधान राखिएको भए पनि कुनै पनि बुदा निजी बिद्यालयहरुले कार्यान्वयन गरेका छैनन् । अभिभाबक संघले शिक्षा विभागले जारी गरेको निर्देशिका कार्यान्वयन नभएको भन्दै शुक्रबार निजी तथा आवासयीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको केन्द्रीय कार्यालय अगाडि कोणसभा गरेर बिरोध जनाएको छ ।
निजी विद्यालय बिरुद्ध अभिभावक संघ आन्दोलित
Read Time:1 Minute, 24 Second
