काठमाण्डौ,चैत्र १०
बिभिन्न ११ बिद्यार्थी संगठनले प्रतिगमनकारी लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुखका लागि सिफारिस नगर्न अन्तरीम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसंग आग्रह गरेका छन् । बिभिन्न माग राखेर आन्दोलित बनेका ११ बिद्यार्थी संगठनका नेताहरुले मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई भेटेर कुनैपनि हालतमा कार्की जस्तो ब्यत्तिलाई अख्तियारको प्रमुख नबनाउँन दबाब दिएका हुन् । कार्कीलाई अख्तियार प्रमुख बनाए आफुहरु कडा आन्दोलनमा उत्रने समेत उनीहरुले चेताबनी दिएका छन् । यस्तै बिद्यार्थी संगठनका नेताहरुले रेग्मीलाई भेटेर सार्वजनिक यातायातमा बढाईएको भाडा घटाउँन र स्ववियु निर्वाचन तत्काल घोषणा गर्न पनि माग गरेका छन् । जबाफमा रेग्मीले आफ्नो तर्फबाट पहल गर्ने र संबिधान सभाको चुनाबलाई असर नपर्ने गरी स्बियुको चुनाब गर्न सकिने बाताउनु भएको थियो । गत हप्ता देखि चरणबद्ध आन्दोलनमा रहेका बिद्यार्थीहरुले पहिलो चरणको अन्तिम कार्यक्रम अन्तर्गत आज रेग्मीलाई भेटेका हुन् ।
