काठमाण्डौ, चैत्र ८,वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व आजदेखि सप्ताहव्यापी रुपमा सुरु गरिएको छ । राजधानीको बसन्तपुरमा बिहान विधिपूर्वक रङ्गीचङ्गी ध्वजापताका सहितको चीर गाडी होली पर्वको सुरुवात गरिएको हो । विष्णुभक्त पुत्र प्रह्लादको हत्या गर्न दैत्यराज हिरण्यकश्यपुले ब्रम्हाबाट आगोले नजल्ने वरदान पाएकी बहिनी होलीकालाई प्रह्लादसहित आगोमा बस्न भनेपछि प्रह्लादलाई मार्न दन्किरहेको आगोमा पस्दा होलिका आफै भष्म भएको तर प्रह्लादलाई केही नभएको प्रसंग यस पर्वसँग जोडिएको छ । शक्तिको दुरुपयोग गर्ने होलिाका मारिएको खुशियालीमा त्यसै बेलादेखि होली अर्थात फागु पर्व मनाउने परम्परा सुरु भएको हो । यसैविच होली मनाउने नाममा जथाभावी लोला हात्रे, पानी छ्याप्ने लगायतका विकृतिमा संलग्नलाई गृह मन्त्रालयले कडा कारवाही गर्ने भएको छ ।
होली आजदेखि विधिवत् रुपमा सुरु
Read Time:1 Minute, 23 Second
