काठमाण्डौ, चैत्र ८,अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको प्रमुख उद्देश्य संविधानसभाको आगामी निर्वाचन भएको स्पष्ट पार्नुभएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैले वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ छ । राजधानीको भृकुटिमण्डपमा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै रेग्मीले लघु उद्यममा चुनौती र अवसर दुवै रहेको बताउँदै सरकारले उद्यमिहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाली उत्पादनहरु अन्तराष्ट्रिय वजारमा प्रतिष्पर्धा गर्न योग्य रहेको अध्यक्ष रेग्मीले विश्वस व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा अर्थ तथा उद्योगमन्त्री शंकर कोइरालाले निर्वाचन छिटो भन्दा छिटो सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरीने बताउनुभएको छ । सरकारको दोस्रो प्राथमिकतामा रहेको आर्थिक वृद्धिको विषयलाई पनि सँगसँगै अगाडी वढाइने उहाँले आश्वसन दिनुभयो ।
सरकारको प्रमुख उद्देश्य निर्वाचन
Read Time:1 Minute, 26 Second
