संविधान सभा चुनाव असारमा गर्न महिलाहरुको माग

Read Time:1 Minute, 9 Second

काठमाण्डौ, चैत्र ८, अन्तरपार्टी महिला सञ्जालले असार महिनामै संविधानसभा चुनाव गराउन माग गर्दै एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । माओबादी पार्टी कार्यालय कोटेश्वर पुगेर सञ्जालका प्रतिनिधिहरुले प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् । सञ्जालले असारमै संविधानसभा चुनाव हुनुपर्ने भन्दै समानुपातिक प्रतिनिधित्व गराउँदा महिलाको संख्या ५१ प्रतिशत सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् । संवैधानिक निकायमा अनिवार्य महिला प्रतिनिधित्व र राजनीतिक दलमा एक तिहाई महिला हुनुपर्नेमा पनि उनीहरुले दिएका छन् । ज्ञापन पत्र बुझेपछि माओवादी अध्यक्ष प्रचण्डले सञ्जालको मागलाई गम्भीररुपमा लिएको बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %