यो साताभित्रै संविधानसभाको मिति घोषणा हुन्छः सञ्चारमन्त्री

Read Time:1 Minute, 7 Second

काठमाण्डौ, चैत्र ८, नवनियुक्त सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले यो साताभित्रै निर्वाचन आयोगलाई पूर्णता दिएर संविधानसभाको मिति घोषणा गरिने जानकारी दिनुभएको छ । संवैधानिक परिषद् गठन भईसकेकोले अवस्थामा बैठक बसेर निर्वाचन आयोगलाई पूर्णता दिई यहि हप्ता नयाँ निर्वाचनको मिति घोषणा गरिने उहाँले बताउनुभयो । काठमाडौंको रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा पौडेलले छिटोभन्दा छिटो निर्वाचन गरेर दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न आफुहरु आतुर भएको बताउनुभयो । नियुक्तिमा ढिलो गरेर आयु लम्ब्याउने पक्षमा सरकारको नरहेको सञ्चारमन्त्री स्पष्ट पार्नुभयो ।  दलहरुको सहमतिमा बनेको सरकारलाई निर्दलीय संज्ञा दिएकामा उहाँले गुनासो गर्नुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %