एमाले स्थायी कमिटि वैठक

Read Time:1 Minute, 19 Second

काठमाण्डौ, चैत्र ८,नेकपा एमालेले उच्चस्तरीय राजनितीक समितीमा अध्यक्ष झलनाथ खनाल सहित बरिष्ठ नेता माधब कुमार नेपाल र केपि ओलीलाई पठाउने भएको छ । आज बसेको एमाले स्थायी कमिटीको बैठकले बामदेव गौतमलाई फिर्ता बोलाएर नेपाल र ओलीलाई समितिमा पठाउने निर्णय गरेको हो । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरिएकामा असन्तुष्टि जनाउदै आउनु भएका नेता नेपाललाई नै सरकारलाई सुझाव दिन गठन भएको राजनीतिक समितीमा सहभागी गराउन लागिएको हो । पार्टीको बिबाद साम्य पार्न स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । पार्टी कार्यालय बल्खुमा बसेको बैठकले चुनावी तयारी तीब्र ढंगले गर्ने निर्णय पनि गरेको छ । चुनावी घोषणा पत्र र उमेदवार छनोटका बिषयमा भोलि छलफल हुने सचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %