काठमाण्डौ ,चैत्र ६
नेपालका लागि चिनियाँ राजदुत उ चुन्ताइले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गर्नु भएको छ । भर्खरै राजदुतको जिम्मेवारी सम्हाल्न नेपाल आएका चुन्ताईले सभापति कोईरालासँग समसामयिक बिषयमा जिज्ञासा राख्नु भएको थियो । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, चीन–नेपाल नीति लगायतका बिषयमा कोइराला र चुन्ताईबीच छलफल भएको थियो ।
काँग्रेस सभापति कोईरालाले आगामी असारमा चुनाव गर्न दलहरुबीच सहमति भई चुनावी सरकार बनेको भन्दै सकारात्मक सहयोगका लागि राजदुत चुन्ताईलाई आग्रह गर्नुभयो ।
