शोकसभामा जिप खस्दा १ जनाको ज्यान गयो

Read Time:1 Minute, 48 Second

गुल्मि चैत्र ६,रोकीरहेको जिप एक्कासि कार्यक्रम स्थलमा खस्दा गुल्मीको वामी ८ मा एक जनाको ज्यान गएको छ । वामी गा.वि.स.को वडानं. ८ मा ने.क.पा. एमाले ले राखेको श्रद्धाञ्जली सभा चलिरहेको स्थानमा रोकिरहेको जिप एक्कासी खस्दा वामी वडा नं. ६ का ५४ वर्षीय टेक वहादुर रायमाझिको ज्यान गएको हो । त्यस्तै सोहि घटनामा वामी वडा नं. ३ का कृष्ण काफ्ले, वामी २ की भगवती कक्षपति र वामी ८ का टेक वहादुर श्रीस गम्भीर घाईते हुनु भएको छ । घाइतेहरुको खुट्टा, र ढाडमा चोट लागेको प्रत्यक्षदर्शी लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएको छ । मृतक रायमाझि ने.क.पा. एमालेका पूर्व वामी गाँउकमिटि अध्यक्ष तथा सामुदायीक विद्युतीकरण उपभोक्ता समिति वामीका अध्यक्ष हुनुहुन्थ्यो भने घाइते कृष्ण काफ्ले ने.क.पा. एमाले वामीका सचिव एवं नेपाल शिक्षक युनियन गुल्मीका सचिव हुनुहुन्छ । त्यस्तै भगवति कक्षपति एकल महिला वामीकी अध्यक्ष हुनुहुन्छ भने टेक वहादुर श्रीस नेपाल मगर संघ वामीका अध्यक्ष हुनुहुन्छ । वामी ८ की देउमाया घर्तिको ९ औं पुण्य तिथिमा आयोजीत श्रद्धाञ्जली सभामा सो दुर्घटना भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %