फेरी जनयुद्ध हुन सक्छ : नेत्रविक्रम चन्द

Read Time:1 Minute, 6 Second

काठमाण्डौ, चैत्र ६

नेकपा–माओबादीका सचिव नेत्रबिक्रम चन्दले शान्ति सम्झौता हुवहु कार्यान्वयन नभए अर्को जनयुद्ध गर्ने चेतावनी दिनुभएको छ । अखिल क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा चन्दले बाबुराम सरकार र शिर्ष दलहरुले विस्तृत शान्ति सम्झौतालाई लत्याएर आफुखुशी निर्णय गर्दै हिडेको आरोप लगाउनुभयो ।

उहाँले दलहरु बिदेशीको ईशारामा चलेकाले दोश्रो जनआन्दोलनपछि पनि परिर्वतन संस्थागत हुन नसकेको टिप्पणी गर्नुभयो । एकीकृत माओबादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईका कारण नै पार्टी फुटेको उहाँको आरोप छ । नेता चन्दले युवाहरुलाई स्वदेशमा नै सिर्जनामूलक कार्यमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %