प्रधानन्यायाधीशको भूमिका निर्वाह नगर्न रेग्मीलाई सर्बोच्चको आदेश

Read Time:1 Minute, 52 Second

काठमाण्डौ,चैत्र ६

सर्वोच्च अदालतले खिलराज रेग्मीलाई चुनावी मन्त्रिपरिषदको अध्यक्ष रहुन्जेल प्रधानन्यायाधीशको भूमिका निर्वाह नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश गिरीच चन्द्र लालको एकल इजलासले दुवै निकायको प्रमुख एउटै व्यक्ति हुन नसक्ने भन्दै परिषद अध्यक्ष रहुन्जेल प्रधानन्यायाधीशको भूमिका निर्वाह नगर्न खिलराज रेग्मीलाई अन्तरिमा आदेश जारी गरेको हो ।

सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको सर्वोच्च अदालतका सह प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।अभिवक्ता द्धय चन्द्रकान्त ज्ञावली र ओमप्रकाश अर्यालले चैत १ गते मन्त्रिपरिषद अध्यक्ष भएका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई पद मुक्त गर्न उत्प्रेषण आदेशको माग गर्दै रिट दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश कार्यपालिकाको प्रमुख बन्नु स्वतन्त्र न्यायपालिकाविरुद्ध हुने रिटमा जिकिर गरिएको छ ।

रिटमा अन्तरिमा संविधानको धारा १५८ अनुसार बाधा अड्काउ फुकाउनु असंवैधानिक भएकाले बदर गर्न माग गरिएको थियो । चैत ३० गते प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषलको अध्यक्षको रूपमा शपथ ग्रहण गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %