तनहुँमा जनमुक्ती प्रबेशको लहर बड्दै ।

Read Time:2 Minute, 35 Second

खडक आले मगर,तनहुँ चैत्र ६ , तनहुँको क्षेत्र नं.१ बन्दिपुर गा वि स को फेंडीचौतरामा सोमबार आयोजित एक भेलामा कँग्रेस, एमाले जनमोर्चा लगायतका पार्टी परित्याग गरि ५० जना नेता कार्यकर्ता राष्ट्रिय जनमुक्ती पार्टीमा प्रबेश गरेको कुरा पार्टी अध्यक्ष मन्ध्ररी आले मगरले बताएका छन ।  

देश डुबाउने काममा पार्टी लागेको भन्दै आफुले पार्टी परित्याग गरेको कुरा कँग्रेस परित्याग एक स्थानीय नेताले बताए । जनमुक्तीको सिद्धान्त र बिचार सर्बमान्य भएकोले आफु एमाले परित्याग गरि जनमुक्तीमा आएर काम चाहेको कुरा एमाले पार्टी परित्याग गरि जनमुक्ती पार्टी नव प्रबेशी एक कार्यकर्ताले बताए ।

नव प्रबेशीहरु लाई स्वागत गर्दै केन्द्रिय सदस्य हस्त बहादुर थापाले आफ्नो मन्तब्यको क्रममा भन्नु भयो ‘ जनमुक्ती पार्टी सबैको साझा घर हो यहाँ सबै जात जाति आताउन सक्छन एमालेमा आदिबासी जनजाति आताउन सकेनान आशोक राई लगायतका नेताहरु पार्टी फुटालेर आएका छन ।अन्त्वगत्व , सबैको साझा घर यै हो भन्नु भयो । नवप्रबेशीहरुलाई मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्की पार्टी जिल्ला अध्यक्ष मन्ध्ररी आलेमगरले अविर फुलमाला लगाई स्वागत गरेका थिए ।

सोही भेलाले कृष्ण बहादुर आलेको अध्यक्षतामा नौ सदसीय राष्ट्रिय जनमुक्ती पार्टी बन्दिपुर गाउँ कार्य समिति गठन गरेका छन ।उपाध्यक्ष पदमा प्रेम बहादुर दर्लामी, सचिव पदमा नारायण थापा मगर, कोषाध्यक्ष पदमा चन्द्र बहादुर चुमी चयन भएका छन । यसरी नै सदस्यहरुमा , मनोज घातने , शुक माया घले, राम माया झेडीमगर, दिल माया थापा र राम बहादुर दर्लामी चयन भएको कुरा मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्की मगरले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %