काठमाण्डौ, चैत्र ६
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रमुख चार दलको सिण्डिकेटले चुनावी सरकारलाई स्वतन्त्र रहन नदिएको आरोप लगाउनुभएको छ । सर्लाहीको इश्वरपुरमा पत्रकारहरुसँग अध्यक्ष भण्डारीले सरकारका मन्त्री, संवैधानिक अंगका पदाधिकारी चारदलकै सिफारिसमा नियुक्त हुने भएपछि सरकार चारदलको कठपुतली मात्र भएको बताउनुभयो । चुनावी सरकार चार दलको सिण्डिकेटमा चल्नु अलोकतान्त्रिक हुने उहाँको भनाइ छ ।
