व्रामणवादि सोच भएकाहरुले सत्ता चलाईरहेकाले आदिवासि जनजातिहरु पछाडिपरेका हुन्:महासचिव आङकाजी शेर्पा

Read Time:4 Minute, 51 Second

मलेसिया १८ मार्च २०१३, हिजो १७ मार्चका दिन मलेसियामा आदिवासि जनजाति महासंघको ऐतिहासिक   प्रथम महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासि जनजाति महासंघ मलेसियाको प्रथम्    महाधिवेशनले सुन्दर आलेमगरको अध्यक्षतामा २५ सदस्यिय कार्यसमितिको चयन गरेको छ ।

 

 आईतवारका दिन क्वालालम्पुरमा रहेको होटल फाईभ इलामेण्टमा भएको महाधिवेशनले उपाध्यक्षमा हेमराज लिम्वु,लोक राई,देव वाईवा तामाङ,अगम तमु,लाई चयन गरेको छ भने महिलाको एकस्थान पछि पदपुर्ति गर्ने गरि रिक्त राखिएको छ । यसैगरी अधिवेशनले महासचिवमा जीवन देवान गाँउले,सचिवमा राम अस्लामि मगर र अमृत थाङदेन लाई चयन गरेको छ भने कोषाध्यक्षमा शेर वहादुर तामाङ रहनु भएको छ ।

 

यसैगरी सदस्यहरुमा राज कुमार तेयुङ,जाङवु शेर्पा,रविलाल ताजपुरिया,तेजिङ शेर्पा,दिलिप तमु,आन्जिता तमुस्यो,केश तमु,वाम तामाङ,रुपेश लोप्चन,राजेश लामिछाने मगर, नम्रता तामाङ,निमा शेर्पा,सलिना थापा मगर,भिम तामाङ,र विन्दु दर्लामि रहनु भएको छ । उक्त नवगठित समितिका पदाधिकारीहरुलाई नेपाल आदिवासि जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

 

महाधिवेशन तयारी समितिका संयोजक सुन्दर आलेका सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि आदिवासि जनजाति महासंघका महासचिब रहनु भएको थियो । अधिवेशनको उदघाटन गर्दे महासचिव शेर्पाले व्रामणवादि सोच भएकाहरुले शासन सत्ता चलाईरहेकाले आदिवासि जनजातिहरु पछाडिपरेको वताउनु भयो । आफुहरुले जातिय पहिचान सहितको संघिय संविधानको पक्षमा वकालत गरिरहेको वताउनु भयो ।

 

कार्यक्रममा आदिवासि जनजाति महिला महासंघका अध्यक्ष निमि शेर्पाले आदिवासिहरु भित्र पनि महिलाहरु पछाडि परेकाले आफना हक अधिकार लिनको लागि सवै एक हुनुपर्नेमा जोड दिनु भयो ।

महाधिवेशनमा विश्व शान्तिको कामना गर्दे विश्व शान्ति यात्रामा निस्किएका काराभान ब्रोड्कास्टिङ् कर्पोरेशन् कम्पनि अायोजक रहेको यस पद यात्राका सल्लाहकार भिक्षु मगर (नारायण अाले मगर)ले भगवान बुद्द नेपालमा जन्मेका हुन, भारतमा हैन भन्दै अाफु हरू भगवान बुद्दको प्रचार गर्दै बिश्व यात्रमा हिडेको जानकारि दिदै भगवान बुद्दको प्रवचनका साथै यो अधिवेशनलाइ सफल्ताको शुभकामना पनि दिनु भएको थियो ।

 

 

त्यतै राष्ट्रिय जनमुक्ति पार्टि मलेसियाका अध्यक्ष मनिराई गोठाले,गैर आवासिय नेपाली संघका महासचिव विश्व राई,पत्रकार कोपिला गौतम,प्रवासि तामाङ एकता समाजका मलेसियाका अध्यक्ष वाम तामाङ,प्रवासि मगर संघका महासचिव राम अस्लामि मगर,किरात याक्थुम चुम्लुङका अमृत थाङदेनले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । अधिवेशन तयारी समतिका सदस्य तथा तमु समाज मलेसियाका सचिव केश तमुको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन किरात राई यायोख्याका जीवन देवान गाउँलले गर्नुभएको थियो ।

 

 महाधिवेशनमा विभिन्न जातिय पहिचान झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै महाधिवेशन सम्पन्न पार्न सहयोग पुरयाउनेहरुलाई सम्मान गरिएको थियो । राज्यसत्ता परिवारको तर्फ बाट पनि नया कार्यसमितिलाइ हार्दिक बधाइ तथा शुभ कामना छ ।

राज्यसत्ताको लागी मलेशिया बाट रोशन अस्लामि मगर 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %