पाल्पाली समाजसेवी लिगलको मृत्यु

Read Time:2 Minute, 37 Second

देब पचभैया पाल्पा, फागुन २

पाल्पाली समाज सेवी भुयुमान लिगल को आज बिहान निधन भएको छ । तानसेन वडा नम्बर ५ टक्सारटोल  निवासी ९३ बर्षिय भुयुमान लिगलको आज बिहान उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको हो ।

नाक बाट रगत बगेको र निमोनिया भएपछि लिगललाई लुम्बिनी मेडिकल कलेमा एक महिना सम्म आईसियुमा राखेर उपचार गरिएको थियो । त्यसपछि उहाको स्वास्थ्यमा केही सुधार भएपछि घरमा ल्याईएको आफन्त हरुले बताएका छन् । हिजो मात्रै उहाको स्वास्थ्यमा एक्कासी असर देखिएपछि फेरी उहालाई हिजो बेलुकी अस्पताल पुर्याईएको थियो । उपचारकै क्रममा आज बिहान लिगलको मृत्यु भएको हो ।

पाल्पाको तानसेनमा बिजुली र बाटो ल्याउन उहाको ठुलो भुमिका रहेको थियो । तानसेनमा रहेको खानेपानीको समस्या कम गर्न उहाले धेरै पहल गर्नु भएको थियो । श्रीनगर डाडामा उहाकै अगुवाईमा बिरेन्द्र ताल निर्माण भएको छ ।

तानसेन मिसन अस्ताल निर रहेको धर्मशाला भुमुमान लिगलकै अगुवाईमा निर्माण भएको हो । उहाले पाल्पामा पहिलो पटक स्थापना गर्नुभएको संतोश चलचित्र मन्दिर अहिले पनि चालु छ ।

पशुवलीको बिरोध गर्दे मन्दिरमा कुनै पनि पशुको हत्या गर्न नहुने आवाज उठाउदै आउनुभएका बयोबृद्ध समाजसेवी भुयुमान लिगलले द्धन्द्धको समयमा माओबादी आक्रमणको बोलामा ध्वस्त पाल्पा दरबार चाडो निर्माण गर्न माग गर्दे आफै लौरा टेक्दै भित्ते लेखनमा जुट्नुभएको थियो । लिगलका २ छोरी र ५ भाई छोरा छन् । गरिब तथा जेहेन्दार बिधार्थीले अध्ययन गर्ने अबसर दिने भन्दै उहाले तानसेनका सबै जसो बिधालयहरुमा छात्रबृति प्रदान गर्नुभएको छ भने दिनदुखिहरुले निशुल्क उपचार पाउन् भन्दै जिल्लाका अस्पतालहरुमा अक्षयकोषको स्थापना गर्नुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %