तोकिएको समय भित्रै चुनाव गराउने छौ : मन्त्रीपरिषद

Read Time:4 Minute, 48 Second

काठमाण्डौ, चैत्र २

नव गठीत चुनावी मन्त्रीपरिषद्को पहिलो बैठकले तोकिएको समय भित्रै चुनाव गराउन कुनै कसर बाँकि नराख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको नव गठीत ३ सदस्यीय मन्त्रीमण्डलको   पहिलो बैठकले समयमै स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाएको हो ।

बैठकले संक्रमणकालिन अवस्थामा चुनाव गराउने जस्तो प्रमुख जिम्मेवारी दिएकोमा प्रमुख राजनीतिक दलहरुलाई धन्यवाद दिंदै सबै दलहरुलाई निर्वाचनमा आउन आग्रह समेत गरेको नवनियुत्त गृहमन्त्री माधब घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मुख्यसचिव, वाणीज्य, उद्योग, अर्थसचिव तथा नेपाल उद्योग वाणीज्य महासंघका पदाधिकारी सहितको समितिलाई निर्देशन पनि दिएको छ ।

प्रधानन्यायाधीश खिलराज रेग्मीले असार ७ गते चुनाव गराउने गरी चुनावी मन्त्रीपरिषदको अध्यक्षका रुपमा सपथ ग्रहण गर्नुभएको हो । शितल निवासमा राष्ट्रपति डा. रामबरण यादबले रेग्मीलाई सपथ ग्रहण गराउनु भएको हो । रेग्मी संगै अरु २ जना मन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन् । पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट मन्त्रालय र हरिप्रसाद न्यौपानेले कानुन लगायतका मन्त्रालयको सपथ ग्रहण गर्नुभएको हो ।

सपथ ग्रहण लगतै अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीले लैनचौर स्थित सहिदपार्क पुगेर सहिदहरुको सालिकमा माल्यार्पण गर्नु भएको थियो । त्यस पश्चात सिंहदरबार पुगेर  रेग्मीले आफ्नो पदभार समेत ग्रहण गर्नु भयो । पदभार ग्रहणका क्रममा परिषद् अध्यक्ष रेग्मीले बन्द हड्ताल नगरेर शान्ति प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । दलहरुले चुनावी मन्त्रीपरिषद्को नेतृत्व आफुलाई दिएकोमा रेग्मीले दलहरुप्रति आभार समेत व्यत्त गर्नु भएको छ । रेग्मीको नेतृत्वमा आज तीन सदस्यीय मन्त्रीमण्डल गठन गरिएपनि मन्त्रीपरिषदमा ११ जना सदस्य हुनेछन् ।

दलहरुको प्रतिक्रिया

लामो छलफल पश्चात प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन सफल भएका प्रमुख राजनैतिक दलका नेताहरुले राजनैतिक निकासका लागी बर्तमान सरकार सफल हुने बिश्वास व्यत्त गरेका छन् । संचारकर्मीहरुसंगको कुराकानीका क्रममा एकीकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुबिच भएको सहमति र बर्तमान सरकार गठनले आफुहरु निकै खुसी भएको बताउनु भयो ।

नेपाली कांग्रेसका सभापति शुशिल कोईरालाले बर्तमान सरकारले प्रजातन्त्र रक्षाका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो । नेकपा एमालेका नेता बामदेव गौतमले ईतिहासको एउटा महत्वपुर्ण घटनाका रुपमा गठन भएको यो सरकारले तोकीएको मितिमा निर्बाचन गरी जनताको अधिकार रक्षाका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो ।

पदभार ग्रहण पश्चात गृहमन्त्री घिमिरेले बर्तमान सरकार निर्धारित समयमै चुनाव गराउन प्रतिबद्ध रहेको बताउनु भयो । यसैबिच नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाएर राजनीतिक दलहरुले आफ्नो असफलता प्रमाणित गरेको बताउनुभएको छ । डडेल्धुरामा पत्रकारहरुसंग नेता ज्ञवालीले दलहरुको निर्णयले बाबुराम सरकारबाट मुक्ति पाउने बाहेक अन्य कुनै उपलब्धी हासिल नभएको टिप्पणी गर्नुभयो ।

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %