जीप दुर्घटनामा दुईको मृत्यु,दश घाईते

Read Time:2 Minute, 12 Second

देब पचभैया

पाल्पा चैत्र १,गुल्मी सदरमुकाम तम्घासवाट नेटा दर्लिङ्गतर्फ जाँदै गरेको जीप गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाईते भएका छन् । लु १ ज ३०३४ नम्वरको जीप गएराति सोही गाविस ५ स्थित म्यालचौरमा दूर्घटना हुँदा नेटा गाविस ५ की ८२ वर्षीय डिलमती श्रीस र सोही गाविस ९ की ५५ वर्षीय नरबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राती ८ वजेको समयमा जीप दूर्घटनामा परेको थियो । आजदेखी संचालन हुन लागेको यस वर्षको एसएलसी परिक्षा संचालानार्थ जाँदै गरेका सुरक्षाकर्र्मीहरुले दुर्घटना भएको जानकारी पाएपछि त्यहाँ पुगेर तत्कालै घाईतेहरुको उद्दार गरेको थिए । घाईतेहरुमा नेटा गाविस ७ की वर्ष २७ की सिता विश्वकर्मा, सोही स्थानकी वर्ष ३ कि कुसुम परियार, वर्ष ८ की मैना परियार, वार्ड नं. ८ का वर्ष ३८ का चन्द्रमणी पुन, दर्लिङ्ग गाविस वार्ड नं. ५ की १७ वर्षीया मनमाया खड्का, सोही स्थानका वर्ष १७ का मनवहादुर खड्का नेटा गाविस ६ का २७ वर्षीय दिपक श्रीस रहेका छन् । घाईते मध्ये मनवहादुर खड्का र दिपक श्रीसको अवस्था गम्भिर रहेको र अहिले उनीहरुको पाल्पा प्रभास स्थित लुम्विनी मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल तमघासमा उपचार भईरहेको छ । जीप सडकवाट एकसय मिटर भन्दा तल खसेको वताईएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटना स्थल सदरमुकाम तम्घासवट नौं कोष टाढा उत्तरमा पर्दछ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %