काठमाण्डौ,फागुन ३० दुई महिनाअघि वैदेशिक रोजगारीका लागि प्रतिव्यक्ति एक लाख ७५ हजार बुझाएर मलेसिया पुगेका ५५ नेपालीलाई सहमतिअनुसारको काम मागेपछि कम्पनीले बन्धक बनाएर राखेको छ । काठमाडौंको एक्स ग्यालेक्सी र ह्वाइट पर्ल मेनपावरबाट दुई महिनाअघि आरएम १४ सय ५६ न्यूनतम तलब दिने भन्दै लगिएका मकवानपुर पदमपोखरी निवासी भीमबहादुर जिम्वासहित ५५ नेपालीलाई भोकभोकै जंगलमा राखिएको मलेसियाबाट हरि आचार्यले जानकारी दिएका छन् । बिदाको दिन काम गरेबापत् ओभरटाइम दिने भन्दै एक्स ग्यालेक्सी र ह्वाइट पर्ल मेनपावरका सञ्चालक दिलीप चौधरी र कुर्साङ शेर्पाले उनीहरूबाट मोटो रकम असुलेका थिए ।
मलेसियामा ५५ नेपाली बन्धक
Read Time:1 Minute, 5 Second
