काठमाण्डौ, फागुन १० नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत उ चुन्ताईले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । नेपालका लागि राजदुत नियुक्त भएपछि पहिलो पटक भएको भेटमा अध्यक्ष प्रचण्ड र राजदुत चुन्ताईबीच दुई देशको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले चीन र नेपालबीच रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो । राजदुत चुन्ताईले पनि आफ्नो कार्यकालमा दुई देशबीचको सम्वन्धलाई अझै बलियो बनाउने प्रतिवद्धता जनाउनुभएको भेटमा सहभागी माओवादी नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । यसअघिका राजदुत योङ् हाउलान कार्यकाल सकिनु अगावै वेइजिङ् फर्केपछि चुन्ताई नेपालका लागी नयाँ राजदुत नियुक्त हुनभएको हो ।
प्रचण्ड र चिनियाँ राजदूत भेटवार्ता
Read Time:1 Minute, 14 Second
