नेपालीको पक्षमा जापानिज अदालत

Read Time:1 Minute, 4 Second

काठमाण्डौ, फागुन ३०,एक नेपालीको हत्या गर्ने जापानी नागरीकलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजायको फैसला गरेको छ । साथै हत्याका सहयोगी एक महिलालाई समेत ९ वर्षको जेल सजाय अदालतले सुनाएको छ । ४२ वर्षीय नेपाली नागरिक विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको राजधानी टोकियोस्थित अदालतले कैदको सजाय सुनाएको हो । मादक पदार्थ सेवन गरेका दुवै जनाले विनाकारण बाटोमा हिँडेका नेपालीलाई बेहोस हुनेगरी कुटेर सडकमै छोडेका थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाट ती व्यक्तिको पहिचान भएको उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %