४ राजनैतिक दलका कारण देश अन्यित्रित तर्फ मोडिएको : लेखी

Read Time:2 Minute, 26 Second

गोविन्द घर्ति

देवदह फागुन २७ , ४ राजनैतिक दलका कारण देश अन्यित्रित तर्फ गईरहेको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले बताउनु भएको छ । उहाले राजनैतिक दलहरुले संघीयता सहितको संविधान ल्याउन नचाहेका कारण संविधान सभाको विघटन गरेको आरोप लगाउनु भयो । रुपन्देहीको देवदहमा भएको देवदह, केरवानी र सिक्टहनका आदिवासी जनजाति अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै अध्यक्ष लेखीले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष लेखीले संविधान सभाको चुनाव चुनौती पूर्ण भएकाले संविधान सभाको पुनः स्थापना हुनु पर्नेमा जोड दिनु भयो । आदिवासी जनजातिहरु राजनैतिक रुपमा पछाडि परेको हुदा अवका दिनमा आदिवासी जनजातिहरु राजनैतिक क्षेत्रमा सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष केशव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद गुरुङ्ग, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, आदिवासी जनजाति महासंघ केरवानीका अध्यक्ष कालुराम थापा, सिक्टहनका अध्यक्ष दुरमान गुरुङ्ग, नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, तामाङ्ग घेदुङ्ग देवदहका अध्यक्ष डि.वि मोक्तान, थारु कल्याण कारिणी सभा केरवानी देवदहका अध्यक्ष प्रेम चौधरी, तमुछोंज धी देवदहका अध्यक्ष सुरेन्द्र गुरुङ्ग लगायतले बोल्नु भएको थियो । आदिवासी जनजाति महासंघ देवदहका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको स्वागत र सचिव राजकुमार श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %