गोविन्द घर्ति
रुपन्देही फागुन २७ । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले चार राजनैतिक दलका नेताहरु असफल हुदै गएको बताउनु भएको छ । उहाले प्रधानन्याधिक खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनु भएको राजनैतिक दलका नेताहरु असफल हुनु हो । अध्यक्ष लेखीले प्रमुख चार दलका नेताहरुको कारण देश वर्वादी तर्फ गईरहेको आरोप लगाउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष लेखीले प्रमुख चारदलका नेताहरुको विकल्प नखोज्दा सम्म न देशमा शान्ति कायम हुन्छ न त आदिवासी जनजातिहरुले आफनो हक अधिकार प्राप्त गर्न सक्छ, त्यस कारण आदिवासी जनजाति तथा आम नेपाली सचेत हुनु पर्नेमा जोड दिनु भयो ।
उहाले न्यायपालिका र कार्यपालिको प्रमुख एउटै व्यक्ति भएमा लोकतन्त्र धराप पर्ने बताउनु भयो । एकात अतिवादी जनजातिहरुले अराजक विचार व्यक्त गरेका कारण आदिवासी जनजातिहरु लाई राजनैतिक दलका नेताहरुले बदनाम गर्न खोजेको आरोप लगाउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेकपा–माओवादीका ईन्चार्ज वसन्त श्रेष्ठ, एकिकृत माओवादीका जिल्ला सदस्य प्रेम गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टीका टेक बहादुर गुरुङ्ग, नेकपा एकिकृतका राजु भूजेल, आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका उपाध्यक्ष धन बहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, नेपाली काग्रेसका काजीमान श्रेष्ठ, होमाया गुरुङ्ग, दिपक गुरुङ्ग, दल बहादुर विरकट्टा, अरुण लाल श्रेष्ठ, देवीप्रसाद चौधरी, दलबहादुर छन्तयाल लगायतले बोल्दै राजनैतिक दलहरुले आदिवासी जनजातिहरुलाई भोट बैकको रुपमा प्रयोग गर्दै आएको बताउनु भयो । शिवप्रसाद शेरचनको स्वागत र चन्द्रभान चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले सन्तराम चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण मोक्तान, सचिवमा गंगा पुन, सह–सचिव राजु गुरुङ्ग र कोषाध्यक्षमा टेक बहादुर भूजेल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अरुणलाल श्रेष्ठ, प्रेम शेरचन, मुक्ति कुसवाडिया, लिलाधर किरात, चयन हुनुभएको महासंघ रुपन्देहीले जनाएको छ ।
