उठौ अब जुटौ नारी हरु हो ।

अनीता राना मगर

उठौ अब जुटौ नारी हरु हो

निदाउने बेला अब होइन ।

 

संसारको कुना कुना बाट उठौ

कानमा तेल हालेर बस्ने बेला अब छैन ।

 

देश विदेशमा रहेका नारीहरुलाई उठाउं

ढ्यांग्रो बजाएर नारीहरुलाई बिउझाई गोलबद्ध बनाउ ।

 

ऐ! निदाएका नारिहरु हो,कुना-कुनामा बसेर घुम्टो मार्दै निदाउने बानी त्यागौ

नारीहरुको पहिचानको निम्ति नारीहरु एक भई हातेमालो गर्दै जागरुक हुने बेला आयो ।

 

एै! निदाएर बसेका नारिहरु हो, अधिकार कसैले दिन मान्दैन

अधिकार त आफैले खोसेर लिन सिख्नु पर्दछ ।

 

एै! निदाएर बसेका नारिहरुहो, अधिकार दिन नमान्ने हरुसंग

अन्तिम लडाइ लड्नै पर्दछ ।

 

परिआएको खण्डमा आत्मा रक्षाको निम्ति

कुनै उपाय सोच्नै पर्दछ ।

(१०२औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा प्रश्तुत कबिता)

स्विन्डन् ,यू.के

८/३ /२०१३