बेवास्ता गरेको भन्दै जिबिस पाल्पाको परिसद संबिधान सभाका सदस्य र पुर्ब सांसदहरुले बैठक बहिस्कार गरे ।

Read Time:8 Minute, 8 Second

देब पचभैया

पाल्पा,फागुन २४,आफुहरुलाई बेवास्ता गरेको भन्दै जिल्ला बिकास समिति पाल्पाको २१ औ जिल्ला परिसद पाल्पाका संबिधान सभाका पुर्ब सदस्य र सांसदहरुले बहिस्कार गरेका छन् । संबिधान सभाका पुर्ब सभासद लिला सोमै (बगाले), नारायणी शर्मा, कुल प्रसाद नेपाल, रुपा बिक, दल बहादुर राना त्यसै गरी पुर्ब सांसद हरी नेपाल, गंभिर जंग कार्की सोम प्रसाद नेपालले जिबिसको परिसद बहिस्कार गरेका हुन् ।

पुर्ब सांसद हरी नेपालका अनुसार जिबिसले आफुहरुलाई खरिदार भन्दा पनि तल्लो तहको ब्यबहार गरेकाले परिषद बहिस्कार गरेको बताउनुभएको छ । पुर्ब सभासद लिला सोमैका अनुसार जिबिसले आफुहरुलाई एकिकृत योजना तर्जुमामा मात्रै बोलाएको तर बजेट बाडफाडको अन्तिम दिन नबोलाएकाले सल्लाहा नै गरेर आफुहरुले परिसदको बैठक बहिस्कार गरेको जानकारी दिनुभएको छ । जिबिसले हामीलाई धेरै पटक बेवास्ता गरेको छ, सोमैले भन्नुभयो जिबिसलाई घाडो भएको महसुस भएकाले परिसदमा नगएको हो ।

पुर्ब ससासद तथा सांसदहरुले जिबिसले बेवास्ता गरेकोले परिसद बहिस्कार गरेको बताएपनि जिल्लाका राजनितिक दलका नेताहरुले भने आसन ग्रहणको बिषयलाई लिएर उनीहरुले परिषद बहिस्कार गरेको बताएका छन् । परिषदको दिन राजनैतिक दलहरु भन्दा पहिले आसन ग्रहण गाराउनु पर्ने सभासद तथा सांसदहरुको माग भएको तर त्यसलाई दलहरुले नमानेकाले उनीहरुले बैठक बहिस्कार गरेको जिल्ला नेताहरुले बताएका छन् ।

पुर्ब भनेपछि उहाहरुको पद समाप्त भएकाले जिल्लाका अध्यक्ष भन्दा उनीहरु साना हुने हाम्रो तर्क हो, ऐनेकपा माओबादी पाल्पाका सचिब नेत्र पाण्डेले भन्नुभयो त्यसै बिषयलाई लिएर उहाहरुले मन दुखाउनुभएको हो ।

आबश्यकतम भन्दा नेता मुखि बजेट भयो : सचिब श्रेष्ठ

स्थानिय बिकास मन्त्रालका सचिब शान्त बहादुर श्रेष्ठले आबश्यकता भन्दा नेता मुखि बजेट बिनियोजन भैरहेकाले बिकासको काममा सोचे अनुसार प्रगति नभएको बताउनुभएको छ । जिबिस पाल्पाको २१ औ जिल्ला परिषदको उद्घाटन गर्दे सचिब श्रेष्ठले कर्मचारी र दलहरु बिचको एकताले मात्रै हरेका योजनाहरु सफल हुन सक्ने बताउनुभएको छ । निर्बाचत दलका नेताहरुले योजना बनाउने र त्यसको कार्यान्वयन कर्मचारीहरुले गर्नु पर्नेमा सबै कामको जिल्ला कर्मचारी माथि थोपरीएकाले समस्या भएको उहाको गुनासो छ । तत्काल स्थानिय निकायको निर्बाचन भएर निर्बाचित जनप्रतिनिध हरु संग काम गर्नु आफुहरु आतुर रहेको बताउदै सचिब श्रेष्ठले संबिधान सभाको निर्बाचन भन्दा स्थानिय निकायको निर्बाचन चाडो गराउन माग गर्नु भएको छ । कर्तब्य र नियम कानुन बिर्सेर काम गर्ने कर्मचारीलाई आफुहरुले नछाड्ने बताउदै उहाले बजेट आबश्यकता मुखि भन्दा नेता मुखि भएकाले बिकासले गति लिन नसकेको बताउनुभएको छ । स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोख्रेलको अध्यक्षता र जिबिसका सुचना अधिकृत दुर्गा थापाको संचालन जिबिस पाल्पाको २१ औ परिषद सम्पन्न भएको छ ।

पाल्पाको बजेट झण्डै २ अरब

आर्थिक बर्ष २०७०,७१ को लागी पाल्पा जिल्लाको बिकासको लागी १ अरब, ८३ करोड, ९७ लाख,१८ हजार, ७ सय ७७ रुपियाको बजेट पारित गरिएको छ । आज तानसेनमा भएको २१ औ जिल्ला परिषदको अबसरमा स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोख्रेलले पेश गर्नुभएको बजेटमा स्थानिय निकाय तर्फ ६६ करोड, ८४ लाख,११ हजार, बिषय गत कार्यालयहरु तर्फ ८८ करोड ९९ लाख, ८२ हजार ९ सय ४६ र गैरसरकारी संस्था तर्फ २६ करोड १३ लाख २४ हजार ८ सय ३१ रहेको छ । यसरी कुल बजेट मध्ये चालु संचालन तर्फ ३४ करोड ८४ लाख ६२ हजार ९ सय ३४ । पुजी गत तर्फ १ अर्ब, ४९ करोड,१२ लाख ५५ हजार ८ सय ४३ रहेको छ । यसरी कुल बजेटको चालु तर्फ करिब १८ दशमलब ९४ प्रतिशत कार्यक्रम पुजीगत तर्फ ८१ दशमलब ०६ प्रतिशत रहेको छ ।

परिषदमा ४ कर्मचारी पुरस्कृत

जिल्ला बिकास समितिको जिल्ला परिषदमा ४ जना उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कृषि बिकास कार्यालय पाल्पाका बाली संरक्षण अधिकृत थमन कार्की, पाल्पा लाईन्स लाकौल अस्पताल तानसेनका प्रबन्धक हिरालाल धामी, जिबिस पाल्पाका खरिदार तारा बहादुर खत्री र सत्यवती गाबिसका सचिब टेक प्रसाद घिमिरे रहेका छन् । उनीहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

को को बोले कार्यक्रममा

जिल्ला बिकास समिति पाल्पाको २१ औ जिबिस परिषदमा रामपुर नगर बिकास समतिका अध्यक्ष कमल भट्राई, महिला बिकास अधिकृत तुल्सा अर्याल, निमित्त प्रमुख जिल्ला अधिकारी नबराज बराल, दलित उत्थान समितिका अध्यक्ष खुम बहादुर बिक, त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका प्रमुख केशब शर्मा, पत्रकार राजेश अर्याल, गैससरकारी महासंघका देबीलाला लामीछाने, गाबिस हकहित संरक्षण महासंघ पाल्पाका अध्यक्ष दामोदर घिमिरे, पुर्ब जिबिस सभापति प्रेम नाथ बस्याल, झपेन्द्र जिसि, नेकपा एकिकृतका जिल्ला अध्यक्ष नबिन थापा, राष्टिय जनमुक्ति पार्टीका मदन सिंग राना, राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, नेकपा माओबादी पाल्पाका सचिब गिर बहादुर थापा, नेकपा एमाले पाल्पाका अध्यक्ष राधाकृण्ण कणेल, नेपाली काग्रेस पाल्पाका प्रमुख बिर बहादुर राना, ऐनेकपा माओबादी पाल्पाका सचिब नेत्र पाण्डे लगाएतले जिबिस परिषदले बनाएको योजना कार्यान्वयन गर्नको लागी सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %