सूर्यपुरा राजनैतिक रुपमा ऐतिहासिक

Read Time:3 Minute, 36 Second

गोविन्द

घर्ति रुपन्देही फागुन २२ । नेपाली काग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाणले जेठ महिनामा कुनै पनि हालतमा चुनाव हुन नसक्ने ठोकुवा गर्नु भएको छ । एकिकृत नेकपा माओवादीको सत्ताकव्जा गर्ने मनसायका कारण मुलुकको राजनैतिक अवस्था गंभिर र जटिल बन्दै गएको भन्दै खाणले सत्ता लव्याउनको लागि एमाओवादीले विभिन्न हठकण्डा अपनाएको आरोप लगाउनु भयो । नेपाली काग्रेस रुपन्देहीले केरवानी–५ सूर्यपुरामा आयोजना गरेको यादवनाथ आलोक र रामप्रसाद चौधरीको २९ औं स्मृति सभामा बोल्दै  उहाले एमाओवादीले शक्तिको आडमा निरकुशता लाडन खोजेको आरोप दावी गर्नु भयो ।

चुनाव प्रति एमाओवादी सक्रात्मक नभएको भन्दै उहाले नेपाली काग्रेस लोकतन्त्र स्थापनाका लागि सधै संघर्षरत रहेको बताउनु भयो । नेता खाणले ०४० सालमा सूर्यपुरामा भएको घटनाले ४२ सालको सत्याग्रहलाई स्थापित गरेको र त्यसैको जगमा ०४६ सालको आन्दोलन सफल भएको बताउदै सूर्यपुरा राजनैतिक रुपमा ऐतिहासिक ठुलो भएको बताउनु भयो । हिजो निर्दलीय पञ्चायती व्यवस्थालाई हटाउन अगाडि बढ्दा एक्लो भएको काग्रेस आजपनि एक्लै राष्ट्रियताको रक्षाको लागि लडिरहेको बताउनु भयो । एमाओवादीकै कारण संविधान बन्न नसकेको बताउदै उहाले संविधान सभाको नयाँ निर्वाचन नभएसम्म लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा नहुने दावी गर्नु भयो ।

संविधान सभाको एजेण्डा काग्रेसको भएकाले सम्पूर्ण काग्रेसका कार्यकर्ताहरुले संविधान सभाको निर्वाचन सम्पन्न गर्न एक ढिक्का भएर लाग्नु पर्नेमा नेता खाणले जोड दिनु भयो । नेपाली काग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य वावुराम राना, पुर्वमन्त्री दुर्यौधन सिं चौधरी, रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य मणिप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, भरत शाह, जिल्ला सदस्य शक्तिशन्न गिरी, अव्वल खाँ ।

त्यसैगरी क्षेत्रीय सभापति विशवनाथ यादव, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य जमुना ढकाल, सिता न्यौपाने, यूनिस अली, भाष्कर शर्मा लगायतले बोल्दै स्व. यादव नात आलोक र रामप्रसाद चौधरीले पार्टी र राष्ट्रको लागि गरेको योग्दानको चर्चा गर्नु भएको थियो । जिल्ला सचिव हिरा बहादुर खत्रीको स्वागत र अर्का जिल्ला सचिव रामकृष्ण खाणको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %