दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

Read Time:2 Minute, 0 Second

देब पचभैया

पाल्पा,२३ फागुन, १५ जनाको ज्यान जाने गरी चिदिपानी १ धैरेनी पाल्पामा आईतबार बेलुकी  भएको बस दुर्घटनामा परि घाईते भएकी १२ बर्षिया ईन्दिरा थापाको आज बिहान ज्यान गएको छ । चिदिपानी ७ की ईन्दिराको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचारको क्रममा मृत्यु भएपछि ज्यान जानेको खंख्या १६ पुगेको छ ।

दुर्घटनामा घाईते भएका मध्ये अझै पनि ५ जनाको अबस्था गंभिर छ । दुर्घटनाका दिन चिदिपानी ७ बुद्धिकोट गाउका १४ जना र चालक हुमिन का गरी १५ जनाको ज्यान गएको थियो । २६ जना घाईते मध्ये १४ जनाको उपचार भैरहेको छ भने अन्य घाईते हरु उपचार पछि घर फर्किएका छन् । जन्ती लिएर बेहुलाको घरमा फर्किदै गरेको बस दुर्घटना हुदा  बेहुलाको बुवा ४६ बर्षिय बिष्णु चर्ती र दाई २६ बर्षिय योगेन्द्र चर्ती सहितको ज्यान गएको थियो ।

दुर्घटनामा घाईते भएका बेहुला केश बहादुर चर्ती उपचार पछि घरमा  बुवा र दाजुको कृयामा छन् भने बेहुली  बिष्णु थापाको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । चिदिपानी गाबिसको  बुढीकोट बाट खानीछाप गाबिसको आमडाडामा जन्ती गएर दुलाहाको घर  फर्किदै गरेको लु १ ख २७९७ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनी मा सडक बाट झण्डै ७  सय मिटर तल भालुखोलामा बस खसेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %