जन्ती गएर फर्किएको बस पल्टीदा पाल्पामा १५ जनाको मृत्यु, दुलाहा,दुलही सहित २६ घाईते

Read Time:6 Minute, 44 Second

देब पचभैया पाल्पा,फागुन २१   जन्ती लिएर दुलाहाको घरमा फर्किदै गरेको बस हिजो बेलुकी ९ बजे तिर  दुर्घटना हुदा पाल्पामा १५ जनाको मृत्यु भएको छ भने २६ घाईते भएका छन् । चिदिपानी गाबिसको  बुढीकोट बाट खानीछाप गाबिसको आमडाडामा जन्ती गएर दुलाहाको घर चिदिपानी ७ फर्किदै गरेको लु १ ख २७९५ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनी मा सडक बाट झण्डै ७ सय मिटर तल भालुखोलामा खसेको हो । १२ जनाको घटना स्थलमै र ३ जनाको उपचारको क्रममा  लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । घाईते ९ जनाको मिसन अस्पताल तानसेन र १७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाईते प्राय सबैको अबस्था गंभिर छ ।

घटनास्थलमा मृत्युहुनेहरु बस चालक हुमिन पाल्पाका २५ बर्षिय मिलन बिक, बेहुलागाउ बुढीकोटका ५५ बर्षिय बेद बहादुर बिरकट्टा, बर्ष २५ की कमला जर्घा, बर्ष २८ का लोक बहादुर सारु, बर्ष १६ की नबिना सुर्यबंशी , बर्ष १७ की केश कुमारी बिरकट्टा , बर्ष २५ का योगेन्द्र चर्ती , बर्ष २५ की केशरी सारु, बर्ष ४५ का बिष्णु बहादुर चर्ती ,  बर्ष १८ का नबिन सुर्यबंशी, बर्ष ३० की लुलिसरा सारु र बर्ष २६ का रमेश बिक को घटनास्थलमै ज्यान गएको हो । त् यस्तै उपचारको क्रममा लुम्निनि मेडिकल कलेजमा चिदिपानी ७ का २१ बर्षिय सुरज न्यौपाने, ५६ बर्षिय अम्मर बहादुर दर्घा र बर्ष २५ की रमा सारुको ज्यान गएको छ ।

शबको पोष्ट मार्टमको लागी प्रहरीले जिल्ला अस्पताल तानसेनमा ल्याएको छ ।

दुर्घटनामा घाईते चिदिपानी ७ बुडिकोट का १९ बर्षिय असोक सारु, १३ बर्षिय बिष्णु बिरकट्टा, बर्ष १२ की इन्दिरा थापा, नायरनमतलेशका बर्ष २४ का खेम श्रेष्ठ, चिदिपानी ७ बुढीकोटका ईन्द्रा दर्छा, बर्ष २० की चन्द्रिका सारु, बर्ष १९ की बाल बालकुमारी चिदि, बर्ष २२ का हिरा सिंजाली, गोर्खा जिल्ला , बर्ष १६ की युव कुमारी आले, चिदिपानी ७ बुढीकोटकै बर्ष २१ का महेश बिक, १५ बर्षिय बमिता गाहा, २० बर्षिय बिष्णु सारु , १८ बर्षका राम बहादुर सारु, मित्र बहादुर सारु , बर्ष २७ का रित बहादुर जर्घा, बर्ष २१ का दान बहादुर सारु र १७ बर्षिया शोभा कुवरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

त्यस्तै

चिदिपानी ७ बुढीकोटका १८ बर्षकै बिमल बिरकट्टा, गाडी साहु नायर नमतलेश १ का २८ बर्षिय डेन्जिङ्ग रायमाझी, चिदिपानी ७ बुढीकोटका २० बर्षिय सुभास कुवर, बर्ष ५ की भुमिका चर्ती, २१ बर्षिय कृष्ण सारु, बेहुला २० बर्षका केशब बहादुर चर्ती , बेहुली १८ बर्षिया बिष्णु चर्ती, १४ बर्षिय सन्दिप गुरुग र १८ बर्षका बिषन सारुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । दुर्घटना स्थलमा  ठुलो भिर र अध्यारो भएकाले घाईते हरुको उद्धार गर्न निकै कठिन भएको थियो । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी आर्यभञ्याङ्ग, प्रहरी चौकी राम्दी र स्थानिय बासीले उद्धार गर्न कठिन भएपछि तानसेनमा रहेको चण्डी प्रसाद गणबाट राती १ बजे  नेपाली सेनाको टोली  गएको थियो । अहिले सम्म प्रहरी र सेना घटनास्थल छन् ।  घाईतेलाई सडक सम्म निकाल्न झण्डै एक घण्टा लागेकाले पनि उनीहरुको छिटो उद्धार गर्न नसकिएको उद्धारमा जुटेका प्रहरी चौकी आर्यभञ्याङ्गका प्रमुख असई बिष्णु थापाले बताउनु भयो ।  थापाका अनुसार मृतकको सख्या अझ बढ्न सक्ने र उज्यालो भएपछि मात्रै खोजी गर्न सजिलो हुनेछ । घाईते र मृत्यु भएकाहरुको शरिर यत्र तत्र उछिट्टिएकाले पनि शब बटुल्न र घाईतेको उद्धार गर्न कठिन भएको थियो ।  एक महिना अघि चिदिपानी ७ का २० बर्षिय केश बहादुर चर्ती मगर र खानीछाप आमडाडाकी १८ बर्षिया बिष्णु थापा बिच मागी बिबाह भएको थियो । उनीहरुको ढोगबेद गरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । बेहुला,बेहुली गंभिर गाईते छन् उनीहरुको पनि मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उद्धारमा जुटेका स्थानिय बल बहादुर गाहाका अनुसार घटना घटेको धेरै बेर पछि स्थानिय र प्रहरीले जनाकारी पाएको र उद्धार गरी बाटोमा ल्याइएका घाईतेहरुलाई पनि गाडीको अभाबमा तत्काल अस्पताल पुर्याउन नसक्दा थप मानबिय क्षति भएको हो । दुर्घटनामा मृत्युहुनेहरु प्राय सबै बेहुला गाउ चिदिपानी ७ बुढीकोटका रहेकाले अहिले गाउनै शोकमा डुबेको छ । सोही स्थानमा ३ बर्ष अघि भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो ।

फोटो ः घाईतेको मिशन अस्पताल तानसेनमा उपचार हुदै ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %