दुव्यर्सन मुक्त समाज निर्माण गर्न सबै एकजुट हुनु पर्ने

Read Time:2 Minute, 41 Second

गोविन्द घर्ति

देवदह रुपन्देही दुव्यर्सन मुक्त समाज निर्माण गर्न राजनैतिक दल, समाजसेवी र स्थानीयवासी सहकार्यका साथ अगाडि बढ्नु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । देवदह प्रहरी चौकीको आयोजनामा भएको लागु औषध दुव्यर्सन विरुद्धको सचेतना कार्यक्रममा बोल्दै उनीहरुले दुव्यर्सन समाज विकासमा गतिरोधक भएकाले स्वच्छ समाज निर्माणमा सवैको सहभागिता हुनु पर्ने बताएका थिए ।

सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरीक्षक राजकुमार बैदवारले अभिभावकहरुले आफना वालवच्चाको दैनिक गतिविधिलाई निगरानीमा राख्न सकेमा उनीहरुलाई सही बाटोमा हिडाउन सहज हुने बताउनु भयो । लागु औषध दुव्यर्सनीकै कारण समाजमा विभिन्न खालका अपराधिक घटनाहरु घट्ने बताउदै उहाले अपराध जन्य क्रियाकलाप रोकनपनि लागु औषध नियन्त्रण गर्नु पर्नेमा जोड दिनु भयो ।

देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक चोपनारयाण खनालको अध्यक्षता र यम रानाको संचालनमा भएको कार्यक्रममा रेडियो देवदह तथा एन प्याव्सन रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेल, युगज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव रिमाल, देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, सेवा विकास बैक देवदहका प्रवन्धक दण्दपानी भट्टराई, व्रहमाकुमारी ईश्वरी विद्यालयका व्रहमाकुमारी मनोरमा, राजेश पाण्डे लगायतले बोल्दै लागु औषधको भयावहलाई सवैले आत्मसाथ गरेर अगाडि बढ्न सकिएमा लागु औष मुक्त समाज निर्माण गर्न सकिनेमा जोड दिएका थिए । सभा हुनु भन्दा अगाडि देवदहको खैरेनीबाट विभिन्न आमा समुह, विद्यालय, संघसंस्था तथा राजनैतिक दलहका नेता एवं कार्यकर्ताहरुको र्याली शितलनगरको देवदह आर्दश बहुमुखी क्याम्पसमा पुगेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %