पाल्पा,फागुन १७
नापि कार्यालय पाल्पामा काम लिएर आउने सेवाग्राहीले समयमा सेवा नपाएर मर्कामा परेका छन् । कार्यालयका कर्मचारी विदा तथा काजमा बसेका कारण सेवाग्राहीहरु मर्कामा परेका हुन् । जिल्लाको दुरदरारबाट काम लिएर आएकाहरु कर्मचारी अभावका कारण समस्यामा परेका हुन् ।
कार्यालयमा १० जना अमिनको दरबन्दि भएकोमा २ जनामात्र छन् । बाँकि ८ जना अमिन बिदा तथा काजमा बाहिर गएकोले १० जनाको काम दुई जनाले गर्नु परेको छ । कर्मचारी कम हुदा सेवाग्राहिलाई तत्काल सेवा दिन गाह्रो परेको कर्मचारिहरु बताउछन् । नापि कार्यालय पाल्पाका प्रमुख केशवनाथ कटेलले अमिनको दरबन्दि १ खाली रहेको, ३ जना अमिन अर्घाखाँची पठाएको र बाँकि फिल्ड र बिदामा रहेको बताउनु भयो । उहाँले छोटो समयका लागि अमिनहरु बाहिर गएको र एकदुई दिनमै आउने बताउनु भयो ।
