शुक्रबारसम्ममा प्रधानन्याधिसको नेतृत्वमा सरकार बन्ने प्रमका सल्लाहकारको भनाइ

Read Time:3 Minute, 48 Second

काठमाण्डौ, फागुन १० प्रधानमन्त्री डा बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले पर्सीसम्म प्रधानन्यायाधिस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा उहाँले आफूहरु हदैसम्म लचक भएर सहमति कायम गराउने पक्षमा रहेकोले पनि शुक्रबारसम्म प्रधानन्यायाधिसको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । साक्षात्कारमा पौडेलले सरकारको नेतृत्व गर्ने विषयमा प्रधानन्यायधिससँग पटक पटक कुराकानी भएको र उहाँको पनि समर्थन रहेको दावी गर्दै प्रधानन्यायधिसले नेतृत्व गर्दिन भनेर नभनेको दाबी पनि गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता सुजाता कोइरालाले शिर्ष नेताहरुको निरकुंश निर्णयको कारण नेपाली काग्रेस लोकतन्त्र विरोधी पार्टी बन्न थालेको आरोप लगाउँदै प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने अधिकार केन्द्रीय कार्यसमितिले शिर्ष नेताहरुलाई नदिएको दाबी गर्नुभयो । केन्द्रीय कार्य समितिले शिर्ष नेताहरुलाई शक्ति पृथकीकरणको सिद्धान्तको विपरित नहुने गरी सर्वोच्च अदालतको सर्वोच्चता र स्वतन्त्रतामाथि आघात नपुग्ने गरी अन्य विकल्पहरुमा छलफल गर्न स्पष्ट म्याण्डेड दिएको पनि बताउनुभयो । तर शीर्ष नेताहरुले अहिले प्रधानन्यायधिसको नेतृत्व स्विकारेर त्यसको ठाडो उल्लघन गरेको आरोप पनि लगाउनुभयो । साक्षात्कारमा नेकपा एमालेका नेता एवम कार्यदलका सदस्य भीम रावलले प्रधानन्यायधिसको नेतृत्व एमालेले स्विकार गरिसकेको स्पष्ट पार्दै अब पनि सहमति बन्न नसके प्रधानमन्त्री डा बाबुराम भट्टराई, एमाओवादी र मधेसी मोर्चाको कारण बन्न नसक्ने दावी गर्नुभयो । वर्तमान प्रधानमन्त्रीले लगातार राष्ट्रघाती काम गर्दै आएकोले त्यसलाई रोक्न पनि प्रधानन्याधिसको नेतृत्व स्विकारेको स्पष्ट पार्दै कार्यदलले शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका र दलहरुको भूमिकालाई असर नपर्ने गरी प्रतिवेदन तयार पारेको बताउनुभयो । यसैबीच आजै राजधानीमा भएको एक कार्यक्रममासूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले वर्तमान राजनीतिक गतिरोधको अन्त्य चुनावबाट मात्रै हुने भएकोले मात्र दलहरुले विष पिएर प्रधानन्यायधिसको नेतृत्व स्विकारेको बताउनु भएको छ । मन्त्री यादवले अहिलेको अबस्थामा चुनावको विकल्प नभएको र मुलुकलाई निकास दिनकै लागि अप्रिय निर्णय गरेको बताउनुभयो । यो निर्णय लोकतन्त्रको लागि भएको पनि मन्त्री यादवको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %